नौ उम्मेदवारमध्ये एकको रद्द, आठ कायम
फोटो क्याप्सन ः उम्मेदवारी दर्ताका लागि समर्थकहरुसँगै जादै एक उम्मेदवार ।
Advertisement

धीरुभाइ

२८, कार्तिक राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वार्ड नं. ७ अध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित नौ जनाले बुधबार उम्मेदवारी दर्ता गराएको छ । दर्ता गरेकोमध्ये एक जनाको उम्मेदवारी रद्द गरेपछि आठ जनाको कायम गरिएको छ ।

स्वतन्त्र उम्मेदवार दर्ता गराएका रञ्जितकुमार यादवको उमेर १९ वर्ष मात्र पुगेको कारण उम्मेदवारी रद्द गरिएको  जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिए । रञ्जितसहित निर्धारित समय १ बजे भित्र नेकपाबाट अच्छेलाल यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमिलादेवी यादव, नेपाली कांग्रेसका शिवनारायण मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डल, जनमत पार्टीका दिनेशकुमार यादव, नेपाल लोकतान्त्रिक पार्टीका सकलदेव साहले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिए ।

Advertisement

यस्तै नुर हुेसन मन्सुरी र धीरेन्द्रकुमार यादवले स्वतन्त्र उम्मेदवार भई नाम दर्ता गराएको उनले जानकारी दिए । राजपाका उम्मेदवारलाई समाजवादी पार्टीले विज्ञप्ती जारी गरी समर्थन गरेको छ । आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि सो वार्डमा पुरुष ७५७ र महिला ६४६ गरी एक हजार ४०३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छिनमस्ता गाउपालिका ७ मा निर्वाचित वडा अध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएकोले उप निर्वाचन हुन लागेको हो ।

यता नेकपाबाट उम्मेदवारी दर्ता गराउनु भएका अच्छेलाल यादव स्थानीय मावि व्यवस्थापन समितिका अध्यक्ष रहेको एक जना स्थानीयले बताएको छ । यसअघि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यादव गत निर्वाचनमा तत्कालिन वडा अध्यक्षमा निर्वाचित प्रभाकर यादवसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै प्रमिला देवी यादव भने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवकी पत्नी हुन् ।

Advertisement
अघिल्लो लेखरुपनी र विष्णुपुरमा आगलागी, करिब एक लाख बराबरको क्षति
अर्को लेखनारायणघाट बुटवल सडक खण्ड विस्तारमा एकतिस हजार रुख काटिने
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्