नारायणघाट बुटवल सडक खण्ड विस्तारमा एकतिस हजार रुख काटिने
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार २०:५४:१२
मिना कंडेल
२८ कार्तिक नवलपुर । पुर्ब पश्चिम राजमार्ग बिस्तारमा पुर्वी नवलपरासीको दाउन्ने गैंडाकोट सडक खण्डमा ३१ हजार रुख काटिने गरि स्वीकृत भएको छ ।
राजमार्ग आसपासमा पर्ने नवलपुर क्षेत्रमा तिस हजार नौ सय ३९ रुखहरु काटिने छन् भने नौ हजार तिन सय ६४ लाफ्रा (विरुवा) समेत नस्ट गरिने गरि कार्ययोजना स्वीकृत भए पछि सडक निर्माणले तीब्रता पाउने भएको पुर्बी नवलपरासीका डिभिजनल वन अधिकृत पुर्णेश्वर सुबेदीले बताए ।
पुर्ब पश्चिम राजमार्गमा पर्ने नवलपरासी पुर्व, नवलपरासी पश्चिम र रुपन्देही क्षेत्रका करीब ४६ हजार २ सय ९४ रुख काटिने डिभिजनल बन अधिकृत सुबेदीले बताए । नवलपुर क्षेत्रमा सबै भन्दा बढी चोरमारामा आठ हजार नौ सय १७ रुख काटिने छ । दुम्किबासमा पाँच हजार नौ सय ११ , अरुणखोलामा पाँच हजार १४, गैंडाकोटमा चार हजार ८८ र कावासोतीमा तीन हजार नौ सय ९८ रुख काटिने गरि कार्ययोजना स्वीकृत भएर आएको बन कार्यालयले जनाएको छ ।
सडक विस्तार हुने तीन जिल्ला मध्ये पुर्बी नवलपरासीमा सवै भन्दा बढी रुख काटिने छन भने पश्चिम नवलपरासी र रुपन्देहीमा कम रुख काटिने छन ्। ती दुई जिल्लामा १५ हजार तीन सय ५५ वटा रुख काटिनेछन् । गैंडाकोट देखि दाउन्नेसम्मको करिब ६५ कि. मि. र दाउन्ने बुटवलको करिब ४९ कि. मि. क्षेत्रमा पर्ने रुख कटान गर्न बन मन्त्रालयले गत हप्ता नै कार्ययोजना स्वकिृत गरेर रुख काटने आदेश दिए संगै सो सडक खण्डले निर्माणमा तीब्रता पाउने डिभिजनल सहायक बन अधिकृत कृण्ण देबकोटाले बताए ।
अहिले रुखमा छपान र टांचा लगाउने काम भैरहेको र त्यो सकिना साथ रुख काट्ने काम शुरु भै हाल्ने डिभिजन वन कार्यलय नवलपुरका अधिकृत शरद अधिकारीले बताए । सडक बिस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियङ कर्पोरेशनले लिएको छ ।
सडक बिस्तारमा बन, बिजुली र खानेपानी को व्यवस्थापन गर्नु जटिल मानिएको छ । यसको समाधान हुनासाथ सडक बिस्तारको काममा कुनै रोकावट नआउने नारायणगढ बुटवल सडक आयोजनाका सुचना अधिकृत श्रीराम घिमिरे ले बताए ।
बुटवल नारायणगढ सडक तीन बर्ष ६ महिनामा सडक विस्तार आयोजना सम्पन्न गरिने लक्ष्य राखिएको आयोजना प्रमुख सुजन अधिकारीले बताए । सडक विस्तारका लागि प्रमुख कार्य भनेकै बनको समस्या थियो त्यसको लागि मन्त्रालयले सिफारिस गरिसकेकोले काम अगाडि बढेको उनले बताए । अहिले गैडाकोट देखि बुटवलसम्म ११४ कि. मि. सडक बिस्तार हुँदै छ । नेपाल सरकारले ए. डि. बि. को ऋण सहयोगमा नारायणगढ बुटवल सडक खण्ड करीब १७ अर्व रुपैयाको लागतमा बिस्तार गर्न लागेको हो ।
६ महिना अगाडिबाट बिस्तारको लागि आबश्यक प्राबिधिक र कार्यालय स्थापनाको काम सम्पन्न भैसकेको छ । मुख्य कार्यालय गैंडाकोटमा राखेर काम सुरु गरेको आयोजनाले सडकमा पर्ने पुल र कल्भर्टहरु मर्मत र नयां बनाउने काम दशै अगाबै सुरु गरे पनि केही प्राबिधिक कारणले ढिलाइ भएको र अव काम छिटो सुरु गरि समयमै निर्माण सम्पन्न गरिने आयोजना प्रमुख अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार