ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार २०:५८:३६
२८ कार्तिक काठमाडौं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा युनाइटेड रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। । बुधबार कात्तिक २७ गते ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका हुन् । प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवर्धित युनाइटेड रेमिटले साउदि अरबजस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।
यस सम्झौता पश्चात युनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट युनाइटेड रेमिटको देश-विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ब्त्ः मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु। ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु। २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार