बाबुराम नै मध्यमार्गी बनेपछि
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ शुक्रबार ३:३६:४८
२८ कार्तिक, काठमाडौं । सत्तारुढ संघीय समाजवादी पार्टीको वहुप्रतिक्षित वैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यमार्गी धारणा राख्दै हाललाई सरकारबाट बाहिरिने प्रस्ताव तुहाई दिएका छन् ।
संघीय समाजवादी पार्टी अब सत्ताबाट तत्काललाई नहट्ने भएको छ । केन्द्रीय सदस्य रकम चेञ्जोङले बताए । पार्टी एकीकरण गर्दा नै सरकारबाट बाहिरिनु पर्ने सर्त राख्ने डा. भट्टराई नै मध्यमार्गमा उभिएपछि सत्ता छाड्नु नपर्ने भएको छ ।
यसले राष्ट्रिय जनता पार्टीसँग तत्काल एकीकरणको ढोका समेत बन्द गरिदिएको छ । पार्टीमा डा. भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच यही मुद्धामा बेमेल थियो । अब यो प्रकरण तत्काललाई टरेको छ – चेम्जोङले भने । परिषद बैठकमा डा.भट्टराईले पेश गरेको राजनीतिक प्रस्तावमा सरकार सम्वद्ध पार्टीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने नत्र सरकार छाड्ने उल्लेख थियो ।
तर आजको कार्यकारिणी बैठकमा डा. भट्टराईले सरकारमा सहभागिताका विषयमा गंभिरतापूर्वक समीक्षा आवश्यक रहेको पनि स्पष्ट पारेका छन् । संविधान संशोधनको ललिपप ख्वाएर राख्ने नेकपाले प्रदेश प्रमुख नियुक्त गर्दा गठबन्धनसँग एक वचन सोध्नसमेत आवश्यक नठान्नु आफैंमा बिडम्बना हो भन्दै तर अझै केही समय हेर्न सकिने बताए ।
यद्यपि वर्तमान के पी ओली सरकार जनजीवनका हरेक पक्षमा फितलो र गैर जिम्मेवार देखिएकाले धेरै आशा भने गर्न नसकिने उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार