निर्वाचन आयोगप्रति कांग्रेसको आपत्ति, आज ज्ञापनपत्र बुझाइने
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार २०:५:३२
२९ कार्तिक,काठमाडौं । आसन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निकायमा हुन लागेको उपनिर्वाचनमा सत्ताधारी पक्षबाट शक्तिको व्यापक दुरुपयोग हुँदासमेत निर्वाचन आयोग मौन छ ।
निर्वाचन आचारसंहिताको व्यापक उल्लघंन हुँदासमेत आयोग मूकदर्शक बनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको हो ।
कांग्रेस नेता डा. मिनेन्द्र रिजालले सत्ताको दुरुयोगको यो हद पार गर्दा समेत केही नबोल्ने निर्वाचन आयोगप्रति नै अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । आज बिहान पार्टी कार्यालयमा भेला भएका सञ्चारकर्मीसँगको भेटमा डा. रिजालले आयोगको यो पक्षपातपूर्ण व्यवहारको कांग्रेसले घोर निन्दा गर्ने बताए ।
यसबारे कांग्रेसले आयोग समक्ष ज्ञापनपत्र दिने तयारी गरेको जानकारी उनले दिए । आजै अपरान्ह् ३ बजे कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा आयोग पुगेर ज्ञापनपत्र दिइने जानकारी पनि उनले दिए । आयोगद्वारा जारी आचारसंहिताको सत्ता पक्षबाट व्यापक रुपमा उल्लघंन हुँदासमेत कुनै कारबाही नगरेर मालिकको आदेश तामेली गरेको जस्तो भएको पनि उनले गुनासो गरेका छन् ।
आचारसंहिता जारी भइसकेपछि पनि सरकारले निर्वाचन प्रभावित पार्ने धेरै निर्णय गरेको दृष्टान्त डा. रिजालले दिए । प्रदेश प्रमुखको खारेजी र नयाँ नियुक्ति आचारसंहिता जारी भइसकेपछिका घटना भएको स्मरण गर्दै उनले भने – यसै अवधिमा निर्वाचन हुन लागेका स्थानमा विकास निर्माणका काम र आश्वासन अघि बढाइएको छ ।
यसबारे आज ज्ञापनपत्र दिंदै कांग्रेसले आयोग पदाधिकारीसँग प्रश्न गर्ने पनि उनले स्पष्ट गरेका छन् । यसैबीच कांग्रेसले उपनिर्वाचन हुने जिल्लाहरुलाई लक्षित गरी उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।
केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित उक्त समितिले आज आयोगमा गई आफ्ना असहमति ज्ञापनपत्रमार्फत बुझाउने छ । साथै निर्वाचनमा कांग्रेसको उपस्थिति दरिलो बनाउन र अनुगमन गर्न कांग्रेसले विभिन्न स्थानमा प्रतिनिधि खटाएको छ ।
जिल्ला कार्यसमितिको माग अनुसार नेताहरु खटाइएको पार्टी केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । जस अनुसार, प्रतिनिधिसभाका लागि हुने कास्की क्षेत्र नं – २ का लागि केन्द्रीय सदस्य डा. रिजाललाई प्रतिनिधि तोकिएको छ ।
यस्तै प्रदेश सभातर्फ दाङका लागि केन्द्रीय सदस्य देबेन्द्रराज कडेल, भक्तपुरका लागि केन्द्रीय सदस्य मोहन बस्नेत र बाग्लुङका लागि केन्द्रीय सदस्य शंकर भण्डारीलाई तोकिएको प्रवक्ता शर्माले बताए ।
यस्तै स्थानीय तह अन्तर्गत हुने धरान उपमहानगरपालिकाका लागि केन्द्रीय सदस्य महेश आचार्य, महोत्तरीको पिपरा गाउँपालिकाका लागि केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, पाँचथरको फाल्गुनानन्द गाउँपालिकाका लागि केन्द्रीय सदस्य भीष्मराज आङदंबे र हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई प्रतिनिधि तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार