प्राविधिक शिक्षा पढ्नलाई सहयोग
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७६ शनिबार १४:४१:४
३० कार्तिक बेझाड । प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पाली समाज पोखराले पाल्पाका ८१ विद्यार्थीलाई लगानी गर्ने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्ने भएको समाजले जनाएको छ ।
स्वास्थ्य समूह, कृषि, भेटनरी, इञ्जिनीयरिङ र होटल व्यवस्थापन विषय अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । “सम्बन्धित वडा कार्यालयको सिफारिसमा छात्रवृत्तिका लागि छनौट गरिने र छनौट भएका विद्यार्थीले जुनसुकै स्थानमा गएर पनि अध्ययन गर्न सक्नेछन्”, उनले भने ।
एक विद्यार्थीलाई ५० हजारका दरले जिल्लामा रहेका ८१ वडामा एक-एक जनालाई छनौट गरी दिइने छात्रवृत्ति दुई किस्तामा प्रदान गरिनेछ । समाजले पाल्पासँगै गोरखा, गुल्मी, कपिलवस्तु, तनहुँ र कास्कीमा पनि कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । रम्भादेवी छात्रवृत्ति कार्यक्रममार्फत शिक्षामा लगानी गर्ने भएको हो ।
पाल्पा मूल घर भई पोखरामा बसोबास गर्दै आएका पाल्पालीको साझा संस्था पाल्पाली समाज पोखराले उद्योगपति एवं समाजसेवी हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृ सेवा प्रतिष्ठान जननीमार्ग ललितपुरको समन्वयमा छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।
पाल्पाली समाज पोखराले नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै पाल्पाको पर्यटकीय स्थलको प्रचारप्रसारका लागि लेकसाइडमा डिजिटल बोर्ड राख्ने र पाल्पाका मौलिक तथा कलात्मक उत्पादनको बजारीकरण र संस्कृतिको पहिचानका लागि पाल्पा हाउस स्थापना गर्ने भएको छ ।
छात्रवृत्तिका सम्बन्धमा पाल्पाली समाज पोखराको टोलीले जिल्लाका दशवटै स्थानीय तहसँग छलफल कार्यक्रम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार