छैठौं स्याङ्जा महोत्सव हुने
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७६ आइतबार ०:८:७
प्रकाश डोटेल
३० कार्तिक, स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा छैठौं स्याङ्जा महोत्सव हुने भएको छ । जिल्ला सदरमुकामस्थित श्रवणकुमार खेल मैदानमा पुष ४ देखि १६ गते १३ दिनसम्म संचालन हुने गरी छैठौं स्याङ्जा महोत्सव हुने भएको हो ।
संघले प्रत्येक दुई/दुई वर्षमा प्रदेशस्तरीय महोत्सव गर्दै आएको छ । “स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारासहित महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्षको अध्यक्षतामा १ हजार १ सदस्सीय मुल आयोजक समिति गठन गरिएको छ ।
छैठौं स्याङ्जा महोत्सवमा झण्डै ९ करोडको आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ । महोत्सवमा ३ लाख ५० हजार आन्तरिक र बाह्र पर्यटक भित्र्याउने लक्ष्य लिईएको छ । महोत्सवबाट हुने आम्दानीबाट सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ ।
कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी गरिने संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुर्वण’ ले बताए । उनका अनुसार महोत्सवले जिल्लाको कृषि र पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्ने छ ।
झण्डै २ सय ५० स्टल रहने महोत्सव स्थलमा पुस्तक, सूचना प्रविधिका सामाग्री, अटोमोबाईल, फोटो प्रदर्शनी गरिने छ । महोत्सवलाई व्यस्थित बनाउनका लागि करिब २० वटा उपसमिति गठन गरिएको संघले जनाएको छ ।
महोत्सवलाई सफल बनाउन संघले जिल्लाका प्रतिष्ठित व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संघले आयोजना गर्ने महोत्सव व्यापार मैत्री हुनुपर्नेमा जोड दिएको थिए । उनीहरुले महोत्सव केबल रंगरमाईलो गर्ने थलो नभएर आर्थिक विकासको आधार हुनुपर्ने बताए ।
अन्तरक्रियामा बोल्दै जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशकुमार श्रेष्ठ, सुबेदार कृष्णमान श्रेष्ठ, महेन्द्र श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष टंकप्रसाद श्रेष्ठले महोत्सवले जिल्लाको सम्भावनालाई उजागर गर्दै विकासमा लम्कन कोषेढुङ्गा बनाउन सक्नुपर्ने बिचार व्यक्त गरे ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, कतार नेपाल अन्तराष्ट्रिय समन्वय समितिका महासचिव महोमद अजिज मियाँ, संघका महिला उद्यमी संयोजक ईन्द्रेणी अधिकारीले जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर महोत्सवलाई सफल बनाउनुपर्ने धारणा राखे ।
संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ को अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको संचालन भीमकुमार श्रेष्ठले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रविन्द्रमान श्रेष्ठले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार