विप्लवले उपचुनाव सशक्त बहिष्कार गर्ने (विज्ञप्तिसहित)
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७६ आइतबार २:४५:१५
३० कार्तिक काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेका छन् ।
शुक्रबार साझ एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको प्रस्ट पार्दै सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकाले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् ।
महासचिव विप्लवद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सामाजिक फासिवादी सरकारले यही मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् ।
हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ ।
लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएको छ । त्यसैले हाम्रो पार्टीले यो उपचुनावको सशक्त बहिष्कार गर्ने पार्टी निर्णय गरेको छ ।’
महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देशैभरि निरङ्कुशता र सर्वसत्तावादी फासिवादी सरकारको उक्साहटमा लागेर जनता र हाम्रो पार्टीविरुद्ध दमनमा सहभागी नबन्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्दछौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार