आज पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार १८:३३:३१
१ मंसिर काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही स्थानको मौसममा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणाली बनेको छ । दक्षिण–पश्चिम बंगालको खाडीबाट मध्य–पूर्वी बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम छ । यसैगरी भारतको राजस्थानमा न्यून चापीय प्रणाली विकशित भएकाले यी मौसमी प्रणालीको प्रभाव नेपालमा परेको हो । हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।
तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । आइतबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १ गते (आइतबार)
दिउँसो: देशका पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य पहाडी भु-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।
राती: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंसिर २ गते (सोमबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंसिर ३ गते (मंगलबार)
दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको हुनाले हिमाली भू-भागमा यात्रा गर्ने तथा बसोबास गर्ने सर्वसाधारणले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार