कालापानीमा भारतीय अतिक्रमण बिरुद्ध नेविसंघको विरोध
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार २०:३८:२५
१ मंसिर,काठमाडौ । कालापानीमा भारतीय अतिक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघले आज लैनचौरस्थित भारतीय दूतावास अगाडि र माईतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीका क्रममा प्रहरीसँग झडप समेत भएको छ ।
कालो व्यानर र राष्ट्रिय झण्डा लिएर भेला भएका विद्यार्थी समूहमाथि प्रहरीले बल प्रयोग गरेको थियो । साथै प्रदर्शनीमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीले कालो व्यानरमा नेपालको नक्सासहित लिम्पियाधुरा बनाएर बेलुनमा राखेर उडाएका थिए । सो व्यानरमा लूक मोदी दिस इज आवर म्याप लेखिएको छ ।
उता, नेपाली भूभागमा भारतले अतिक्रमण गरेपछि गैर आवासीय नेपालीको संगठन एनआरएनले समेत विरोध गरेको छ ।भारतीय कदमको विरोध गर्न एनआरएनले विश्वभरि रहेका भारतीय दूतावासमा विरोधपत्र पेश गर्न निर्दशन जारी गरेको छ ।
एनआरएन अन्तर्गत रहेको राष्ट्रिय समन्वय परिषदमार्फत विश्वभरि रहेका आफ्नो संगठनमार्फत विरोध गर्न भनिएको हो ।एनआरएन अन्तर्गत विभिन्न ८० मुलुकमा परिषद स्थापना भएका छन् ।
एनआरएनका अध्यक्ष कुमार पन्तद्वारा जारी गरिएको विज्ञप्तिमा यस्तो आह्वान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार