अब धौलागिरि हिमालको पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राखिने
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १४:५०:३४
२ म्याग्दी मंसिर । म्याग्दीस्थित संसारको सातौं ९८,१६७० मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ ।
धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए ।
भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उनले बताए ।
“मुस्ताङ र म्याग्दी भएर धौलागिरि आधार शिविरमा आउने जाने पर्यटकको तथ्याङ्क राख्न लागिएको हो”, अध्यक्ष पुनले भने, “आधार शिविरमा पुगेका पर्यटक र सहयोगीलाई प्राथमिक उपचार सेवा उपलब्ध गराउँछौं ।” सूचना केन्द्रमा एक जना स्वास्थ्यकर्मी खटाइने छ । चिसोका कारण आधार शिविरमा बिरामी हुन्छन् ।
उनीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधोपचार उपलब्ध गराउने योजना छ । पर्यटक तथा पर्यटन व्यवसायी र स्थानीयवासीको मागको आधारमा चेकपोष्ट राख्न लागिएको हो ।
आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पु¥याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्ने स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलीजाले बताए । धौलागिरि हिमाल आरोहण र पदयात्राका लागि वार्षिक करिब ३०० जना पर्यटक आउने गरेका छन् ।
यसैगरी आधार शिविरसम्म मोबाइल सेवा विस्तारको तयारी भएको छ । नेपाल टेलिकमसँगको साझेदारीमा बगर गाउँदेखि चार घण्टा पैदल उकालो हिँडेर पुगिने देउरालीमा बिटिएस टावर स्थापना गर्न लागिएको वडासदस्य बमबहादुर पुनले बताए । गाउँपालिकाले बिटिएस टावर स्थापना गर्न भवन बनाउन बजेट विनियोजन गरेको छ ।
गुर्जा र आधार शिविरलाई लक्षित गरेर बगरको देउरालीमा टावर राख्न लागिएको हो । यस्तै बगर तातोपानी कुण्डको पानीलाई पदमार्गअन्तर्गत जेल्तुङमा ल्याएर स्नानगृह सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार