गोरखास्थित दुई प्रहरी कार्यालयका नवनिर्मित भवन उद्घाटन
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १८:४९:१५
३ मंसिर गोरखा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले गोरखास्थित ईलाका प्रहरी कार्यालय हर्मी र प्रहरी चौकी रातमाटेको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्घाटन गरे ।
सिरानचोक गाउँपालिका-३ मा निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका-९ रातमाटेस्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी रातमाटेको नवनिर्मित भवनको प्रहरी नायव महानिरीक्षक घिमिरेले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी समुदाय-प्रहरी साझेदारी कार्यक्रमका माध्यमबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु लिई समाजका विकृति विसंगति न्यूनिकरणका लागि जनताको समिपमा पुगेको बताउँदै कार्यक्रमलाई सफल पार्न सम्पूर्ण सरोकारवाला निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे । नवनिर्मित कार्यालय भवनसँगै थप विशिष्टताकासाथ जनलक्षित प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले धन्यवाद ज्ञापन गर्दै भौतिक पूर्वाधारको पर्याप्तताले प्रहरी सेवा प्रवाहमा थप चुस्तता प्रदान गर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले भौतिक स्रोत साधनको सम्पन्नताले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
भवन निर्माण कार्यमा सहयोग गर्ने साथै जग्गा उपलब्ध गराउनुहुने महानुभाव र प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरञ्जन कुमारले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित तथा गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उद्देश्य अनुरुप उक्त भवन निर्माण गरिएको हो ।
नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनस्निर्माण प्राधिकरण कोषबीच सम्झौता भई आरसिसि फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएका उक्त भवनमा कार्यालय, व्यारेक र मेश प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख, उप-प्रमुख लगायत अन्य जनप्रतिनिधिहरु, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, स्थानीय बासिन्दा लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
भरुवा बन्दुक सहित पक्राउ
प्युठान, सरुमारानी गाउँपालिका-६ पाङवाङ बस्ने ६४ वर्षीय सुकराम पुन मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई सुकराम पुनले भरुवा बन्दुक सहित घरमा गई बन्दुक ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियात सहित फेला पारी पक्राउ गरेको हो ।
अछाम, रामारोशन गाउँपालिका-६ पुदुबाट भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन फैकाचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, नुर्फिन १४ एम्पुल र फेनारगन १४ एम्पुल सहित काठमाडौं महानगरपालिका-१० जोरधारा बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय रमेश बिक समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ जगातीबाट बा.४ ख २२६३ नम्बरको हाईस गाडी जाँच गर्ने क्रममा वेवारिसे अवस्थामा रहेको नियन्त्रित लागूऔषध डाईलेक्स १ सय ९० बोतल र नाईट्राभेट ट्याब्लेट २० थान फेला पारी सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको सो गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
चोरी गरिरहेको अवस्थामा पक्राउ
काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा काठमाडौं बनस्थली बस्ने सिन्धुली घर भएका २३ वर्षीय कुमार भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले भुजेललाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
ताप्लेजुङमा आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते सन्तोष थेबेलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि धरान धोपा अस्पताल रिफर गरिएको छ ।
श्रोत नखुलेको नगद सहित २ जना पक्राउ
बाराको पचरौता नगरपालिका-८ लंगडा चोकबाट श्रोत नखुलेको नगद ३५ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ नगरपालिका-७ झवानी बस्ने २२ वर्षीय राजन कुमार दुबे र २३ वर्षीय सुनिल महतो नुनिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले सिम्रौनगढबाट कलैयातर्फ जाँदै गरेको ना.२६ प १६४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
रामेछाप, सर्लाही र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रामेछाप, दोरम्बा गाउँपालिका-२ ढाक्रेबास भन्ने स्थानमा दहपतालबाट दोलखाको भैसेतर्फ जाँदै गरेको बा.१३ च ७०९५ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार शैलुङ गाउँपालिका-८ मनगाँउ बस्ने १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिल कुमारी श्रेष्ठको दोरम्बा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी चालक समेत अन्य १३ जनामध्ये ३ जनाको सोही स्वास्थ्य चौकीमा र १० जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका-१६ परवानीपुर बस्ने ४० वर्षीय हेम बहादुर भण्डारीको टेक्सास अस्पाताल लालबन्दीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहरेको छ ।
उदयपुर, कटारी नगरपालिका-३ मिर्चैया-कटारीस्थित सडकमा को.स ९ प २०७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने बर्मलाल अधिकारीको छोरी ३ वर्षीया जिज्ञासा अधिकारीको कटारीस्थित सगरमाथा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा सोमबार साँझ उनको मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने मान बहादुर तामाङको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ आदर्शचोक बस्ने ५५ वर्षीय जगतराम टवाटीको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने ४० वर्षीया बिमला अधिकारीको घरमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा सोही घरमा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार