नेप्से झिनो अङ्कले घट्यो
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ बुधबार ०:४५:२३
३ मंसिर काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । ओरालोको लय भने झिनो रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.३१ विन्दुले बढेर २४८.९१ पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा समेत सामान्य प्रभाव परेको छ । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर बढेको छ । बैंकिङ १.६२, जलविद्युत् १.६२, वित्त २.८९, निर्जीवन बीमा ३९.७१, लघुवित्त ०.८७ र जीवन बीमा २५.११ विन्दुले घटेको छ । यस्तै व्यापार २७.६४, होटल ४९.११, विकास बैंक २, उत्पादन ०.२८, अन्य १.६६ र सामूहिक लगानी कोष ०।०२ विन्दुले घटेका छन् ।
कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड २० लाख ४८ हजार ५२ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनएमी बैंक रु दुई करोड चार लाख ६५ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ७२ हजार १८०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ५६ लाख १५ हजार २३२, नबिल बैंक रु एक करोड ३६ लाख ८७ हजार ४३० र सोल्टी होटलको रु एक करोड ३० लाख ३१ हजार १२४ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
आज सबैभन्दा बढी कमाउनेमा सोल्टी होटल छ । सो होटलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८५, नेपाल हाइड्रो ९.३८, ङादी समूह ९.१८, युनिभर्सल पावर ५.७१, जोशी हाइड्रोपावर ५.५६ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.२४ प्रतिशतले कमाए ।
यस्तै सिन्धु विकास बैंक ७.९३, अरुण काबेली पावर ४.८, अरुण भ्याली हाइड्रोपावर ४.०८, आँखु खोला जलविद्युत् कम्पनी ३.५७ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार