विश्वकप छनोट : नेपाल कुवेतसँग १–० गोलले पराजित
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ बुधबार १:४:४६
३ मंसिर काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत मंगलबार भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो ।खेलको २८आँै मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे । उनले गरेको गोल नै कुवेतका लागि निर्णायक साबित भयो । उक्त खेलमा नेपालका भरपर्दा चार खेलाडीको उपस्थिति थिएन ।
भूटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले अनुशासन कारवाहीस्वरुप निलम्बन गरेको थियो ।
विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको थियो । नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलले पराजित भएको थियो ।
यस्तै नेपालले चाइनिज ताइपेईलाई २–० ले गोलले हराएको थियो भने अष्ट्रेलियासँग ५–० गोलले र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो ।
दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुन नसकेको भन्दै नेपाल र कुवेतले न्युट्रल भेन्युका रुपमा पहिलो होम खेल भूटानमा खेलेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार