उपल्लो डोल्पामा ६ महिनाका लागि विद्यालय बन्द
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ बुधबार १:५२:५७
३ मंसिर डोल्पा । उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् । अत्यधिक चिसोका कारण पठनपाठन सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द गरिएका हुन् ।
आगामी वैशाख पहिलो हप्ता विद्यालय सञ्चालन हुने छन् । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका २३ विद्यालय बन्द भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिँहराज डाँगीले जानकारी दिए। “चिसो बढेर बस्न नसकिने भएपछि छ महिनाका लागि विद्यालय बन्द भएका हुन्”, उनले भने । करिब तीन हजार बालबालिका घरमै रहने समन्वय एकाइले जनाएको छ । गाउँ शिक्षा समितिको औपचारिक निर्णय गराएर छ महिनाका लागि विद्यालय बन्द गरिएको वडा नं १ का सदस्य पेमा छिरिङ गुरुङले बताए।
त्यसैगरी छार्का ताङ्सोङ् गाउँपालिकामा चैत पहिलो साताभित्र खुल्ने गरी विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए। डोल्पोबुद्ध गाउँपालिकाका पनि सम्पूर्ण विद्यालय बन्द भइसकेको अध्यक्ष तेम्बा गुरुङले बताए।
विद्यालय बन्द भएपछि आर्थिक स्थिति राम्रो भएका विद्यार्थी काठमाडौँ पुगेर अतिरिक्त कक्षा लिने गर्छन् भने आर्थिक स्थिति कमजोर भएका विद्यार्थी बुबाआमासँगै जाडो छल्न बेँसी झर्ने गर्छन् ।
जाडो सकिएर गर्मी शुरु भएपछि वैशाखमा मात्रै विद्यालयमा शिक्षक विद्यार्थीको जमघट हुन्छ । यार्सागुम्बा टिप्ने बिदा र चिसोका कारण उपल्लो डोल्पामा एक शैक्षिक सत्रमा छ महिना मात्रै राम्रोसँग पढाइ हुन्छ । उपल्लो डोल्पाका अधिकांश स्थानीयवासी घरमा ताल्चा लगाएर पशु चौपायसहित बेँसी झर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार