चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बुधबार १६:५४:२९
४ मंसिर दमौली । तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो ।
केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ रहेको छ ।
केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए।
पण्डितका अनुसार हप्तामा दुईपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६६ र हप्तामा तीनपटक डायलासिस सेवा लिने मिर्गौलापीडित छ जना रहेका छन् ।
केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेका छन् । केन्द्रमा दैनिक २४ देखि २७ मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन् । मिर्गौैलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ ।
केन्द्रमा एकैपटक नौ जनाले डायलासिस सेवा लिन सक्छन् । भानु नगरपालिका–४ निवासी मुरली रानाभाटले दमौलीमै डायलासिस केन्द्र स्थापना भएपछि सहज भएको बताए । लमजुङका कमानसिंह गुरुङले पनि दमौलीबाट डायलासिस सेवा लिन पाउँदा सजिलो भएको बताए ।
हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गरेका थिए, भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा छ डायलाइसिस उपकरण जडान गरिएका थिए । पछि तीन उपकरण थप गरेपछि केन्द्रमा हाल नौ डायलासिस उपकरण रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार