नवनिर्मित प्रहरी चौकी कुमरीको कार्यालय भवन उद्घाटन
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बुधबार १८:४०:२८
४ मंसिर नुवाकोट । प्रदेश ३ नम्बर प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी कुमरी नुवाकोटको नवनिर्मित भवनको मंगलबार आयोजित कार्यक्रमवीच उद्घाटन गरेका छन् ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको निरीक्षण समेत गरेका छन् ।
राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको कुल १ करोड २० लाख ६८ हजार ६ सय ५ रुपैयाँ ३७ पैसा सहयोगमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाल, संघीय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख, स्थानीय तहका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, विभिन्न विद्यालयका शिक्षकहरु, स्थानीय बासिन्दाहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
अवैध लागूऔषध सहित पक्राउ
कठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट अवैध लागूऔषध चरेश १ केजी सहित धादिङ थाक्रे गाउँपालिका-३ घर भएका ३७ वर्षीय लुक राज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ८४३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
चोरीमा संलग्न फरार अभियुक्त पक्राउ
काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी भएको घटनामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त सेन्टरमा गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा एण्ड दाङ गेष्ट हाउसको कोठा नम्बर ३०६ बाट उनलाई फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले विकको साथबाट नगद २५ हजार रुपैयाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाईन्ट १७ थान, कोट १६ थान, विभिन्न खालको सर्ट ३६ थान, जिन्सको ज्याकेट १ थान, स्टकोट ३ थान, मोवाइल १ थान, मोवाइल प्याड १ थान, सिमकार्ड ३ थान लगायत करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल समेत बरामद गरेको छ ।
वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक र बारुद बरामद
सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-३ देउरालीस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने बारुद १० ग्राम, ४ वटा फलामको रडको टुक्रा र एक थान झोला फेला पारी मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय जलविरे र प्रहरी चौकी तेम्बाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका-२६ म्हेपी डेरा गरी बस्ने दोलखा तामाकोशी गाउँपालिका-४ घर भएका कृष्ण बहादुर श्रेष्ठको कोठाबाट नगद, सुनका विभिन्न गरगहना र ल्यापटप १ थान समेत गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने सुनिल सापकोटाको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना मंगलबार दिउँसो चोरी भएको छ । साथै सोही घरमा डेरा गरी बस्ने म्याग्दी घर भएकी मिना खड्काको कोठाबाट सुनको र चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर, गोदावरी नगरपालिका-१ बस्ने ईन्द्र कुमारी राईको घरबाट सुनको मंगलसुत्र २ तोला र मोवाइल १ थान समेत गरी करिब १ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, टोखा नगरपालिका-९ म्यादी चोक बस्ने भिम प्रसाद थापाको घरमा पार्किङ गरी राखेको ग.१६ प ९९४४ नम्बरको मोटरसाइकलमा तार सर्ट भई मंगलबार राति आगलागी भएको छ । उक्त आगलागीबाट उक्त मोटरसाइकल बा।९७ प ५८७४ नम्बरको स्कुटर र हाल अल्फावेट नखुलेको ६५९२ नम्बरको स्कुटर समेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने पुण्य प्रसाद बजगाईको कपडा पसलमा करेन्ट सर्ट भई बुधबार बिहान आगलागी हुँदा विभिन्न कम्पनीका कपडाहरु जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, पर्रोहा नगरपालिका-८ मोतिपुर बस्ने सलाम ओस्ताको घरमा मंगलबार राति आगलागी हुँदा करिब ३ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, अरुण गाउँपालिका-६ सिमटार बस्ने ५५ वर्षीय धन कृष्ण राईको गोठमा बुधबार बिहान आगलागी भई छिमेकी जालमान राईको गोठमा समेत आगलागी हुँदा दुवै जनाको गोठ जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार