सीमा अतिक्रमण विरुद्ध धार्मिक संस्थाहरुको विरोध
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बिहिबार १:२९:५०
४ मंसिर काठमाडौं । नेपालको सीमा अतिक्रमण गरिएको भन्दै धार्मिक संस्थाहरुले विरोध जनाएका छन् । हिन्दू जागरण नेपालको संयोजनमा आज पशुपतिस्थित शङ्कराचार्य मठमा भएको धार्मिक संस्थाका प्रतिनिधिको भेलापछि जारी गरिएको विज्ञप्तिमा धार्मिक र सामाजिक विषयमा एकै मान्यता भए पनि नेपालजस्तो स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न देशभित्र शुरु ६० वर्षअघि देखि सैनिक अड्डा जमाएर बस्नु भारतजस्तो लोकतान्त्रिक राष्ट्रका लागि लाजमर्दो विषय भएको उल्लेख गरिएको छ ।
विसं २०७२ जेठमा कालापानी र लिपुलेकको प्रयोगका विषयमा भारतले चीनसित दुईपक्षीय व्यापार सम्झौता गरेर अपाच्य व्यवहार गरेको निष्कर्षमा धार्मिक क्षेत्रमा क्रियाशील संस्था पुगेको हिन्दू जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले राससलाई जानकारी दिए ।
छिमेकी मुलुक चीनले पनि केही स्थानमा सीमा मिचेको तथ्य सार्वजनिक भएकाले दुवै देशको सिमाना अतिक्रमण गर्ने नीति लज्जास्पद भएकामा उपस्थित संस्थाका प्रतिनिधिको एक मत रहेको उनले सुनाए ।
भारतमा २०० वर्षसम्म अङ्ग्रेजको शासन हुँदासमेत विस्तारवादी शक्ति नेपाल छिरेर यहाँको मौलिक संस्कृति एवं परम्परामा आक्रमण गर्न नसकेको तथ्यलाई ध्यान दिन पनि धार्मिक संस्थाले आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्नेमा शङ्कराचार्य मठ, वेङ्कटेश मन्दिर, वैष्णव परिषद् नेपाल, श्री पशुपति एवं वाग्मती गङ्गा आरती सेवा समिति, जङ्गम प्रतिष्ठान, ॐ जनजागरण नेपाल, श्रीमद्भागवत धर्म कल्याण परिषद्, सनातन विद्वत् परिषद्, ज्येष्ठ नागरिक आश्रम, श्री विन्ध्यवासिनी मन्दिर संरक्षण समिति, पशुपति दर्शन समिति, योगी नरहरिनाथ ट्रष्ट, हनुमान आराधना मण्डल, सनातन संस्कृति समाज, शिवसेना नेपाललगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार