सरकारले ल्याउन लागेको अध्यायदेश लोकतन्त्र विरोधी
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ शुक्रबार ०:५:४६
५ मंसिर काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको सहभागिता बिना सवैधानिक परिषद मार्फत सरकारले ल्याउन लागेको अध्यायदेश लोकतन्त्र विरोधी भएकाले संसदबाट पास हुन नदिने बताएका छन् ।
नेपाल टे«ड युनियन कांग्रेसको राष्ट्रिय परिषदको समारोहलाई काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिए । उनले सरकारले जबरजस्ती रुपमा ल्याएका कानुनहरु सफल हुन नसक्ने दाबी समेत गरे ।
उनले कम्युनिष्टको सरकार आएपछि सबै स्थानीयत तहको विस्तारै विस्तारै अधिकारहरु खोसिएको आरोप लगाए । कुनै पनि कम्युनिष्ट देशहरुमा हड्ताल गर्न नपाउने व्यवस्था भएको भन्दै नेपालमा पनि त्यस्तै अवस्था रहेको भन्दै लोकतन्त्रमा हड्ताल गर्न पाउने व्यवस्था रहेकोले सरकारका नकारात्मक कदम विरुद्ध निरन्तर रुपमा आन्दोलन गर्दै जार्न नेपाल टे«ड युनियनलाई निर्देशन समेत दिए ।
सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले नेपालको सीमा भुमि मिचरेर राष्ट्रघाती काम गरेको भन्दै भारत विरुद्ध सशक्त रुपमा आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिए । बिहिबारबाट सुरु भएको नेपाल टे«ड युनियन कांग्रेसको राष्ट्रिय परिषदको समारोह शुक्रबार सम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार