दुई थान पेस्तोलसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १६:३३:२१
५ मंसिर सिरहा । सिरहा प्रहरीले कल्याणपुर नगरपालिका-२ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका-३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बर्दिया, गुलरिया नगरपालिका-४ भत्किएको पुलस्थित सडकमा भे.४ प ७२१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका-१ खैरापुर बस्ने ३५ वर्षीय राजेश यादवको बिहीबार बिहान मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका यादवको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
संखुवासभा, चिचीला गाउँपालिका-१ कुवापानीमा ग।१ त ४१६४ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक भोटखोला गाउँपालिका-५ बस्ने २१ वर्षीय मनोज तामाङको मृत्यु भएको छ । कुवापानीस्थित सडकमा ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै झापाको शिवसताक्षी नगरपालिका-७ झारबारीस्थित माईखोलामा कन्काई नगरपालिका-४ बस्ने ३३ वर्षीय धन बहादुर भुजेल बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार