उद्योगमन्त्री भट्टको दौरा सुरुवालप्रति चरम घृणा
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शनिबार ०:५३:१४
सुदूरपश्चिममा चरम जनआक्रोश, चोक चोकमा चर्चा शुरु
६ मंसिर,धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको सरकारमा नवनियुक्त मन्त्रीहरु दौरा सुरुवालमा देखिन्थे । तर दौरा सुरुवालको उद्गमस्थल सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भने दौरा सुरुवालमा देखिएनन् ।
उनी कसलाई खुशी राख्न दौरा सूरुवाललाई घृणा गरिरहेका छन् बुझी नसक्नु छ । आफ्नो प्रदेशमा नै उत्पत्ति भएको दौरासुरुवालप्रति आफ्नै प्रदेशबाट प्रतिनिधित्व गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले सुटवुटमा शपथग्रहण गरेपछि उनी सबैको आलोचनाको पात्र भएका हुन् ।
यो विषयको चर्चा अहिले सूदुरपश्चिमको चोक चोकमा शुरु भएको छ । विशेष गरी वर्तमान नेकपाका पूर्व एमालेहरु नाम उल्लेख नगर्ने शर्तमा उद्योगमन्त्री भट्टको दौरा सुरुवालप्रतिको चरमघृणालाई बुझी नसक्नु भएको बताउँदै आएका छन् ।
मन्त्री भट्टका यस्ता क्रियाकलापले आगामी चुनावमा सिंगो पार्टी पंक्तिलाई घाटा हुने र राष्ट्रवादी दलको छवि धुमिल गर्ने उनले बताए ।
मधेशलाई प्रतिनिधित्व गर्ने हृदयेश त्रिपाठीले कुर्ता पाइजामामा शपथ लिनु स्वभाविकै मानिए पनि सुदूरपश्चिमको गौरवशाली परम्परालाई कुठाराघात गर्दै त्यही क्षेत्रका प्रतिनिधिले दौरा सुरुवालको अपहेलना गरेकोमा सूदुरपश्चिमका सर्वसाधारणहरुले स्वभाविक रुपमा लिईरहेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार