एनआईसी एशियाको ठगी प्रकरण : नियम विपरित चार प्रतिशतसम्म सेवा शुल्क
आर्थिक संवाददाता
मंसिर ६, २०७६ शनिबार १:२३:८
६ मंसिर, काठमाडौं । मारवाडीहरुको एकाधिकार रहेको एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकको नियम विपरित मनोमानी शुल्क लिएर ठगी गरेको भन्दै व्यावसायीहरुले नेपाल उद्योग बाणिज्य महासंघमाफर्त सरकार र राष्ट्र बैंकसँग हारगुहार गरेका छन् ।
अनधिकृत र बैकिङ नीतिनियम भन्दा विपरित शुल्क असुलेको भन्दै एनआईसी एशिया बैंकको बिरुद्धमा उत्रिएका व्यवसायीहरुले तत्काल शुल्क समायोजन नगरे देशैभरिका शाखा कार्यलयहरु बन्द गर्ने चेतावनी दिएका हुन ।
देशभरिका उद्योगी तथा व्यापारीहरुलाई अनेक बाहनामा नियम विपरित चर्को शुल्क लगाएर ठगी गरेको भन्दै यस्तो संस्थागत ठगी रोक्न महासंघ समक्ष उनीहरुले गत मंगलबार नै निवेदन दिएका छन् ।
सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले एनआईसीले व्यवसायीलाई कर्जा प्रदान गर्दा सेवा शुल्कवापत ३ देखि ४ प्रतिशतसम्म लिने गरेको बताएका छन ।
उनले कर्जा दिँदा अन्य सबै बाणिज्य बैंकहरुले सेवा शुल्क बापत ०.२५ देखि ०.५० प्रतिशत मात्रै कटाउने गरेको भन्दै एनआईसी एशिया बैंकले कर्जा नविकरण गर्दा पनि ३ देखि ४ प्रतिशत नै सेवा शुल्क लिने गरेको बताए ।
स्थानीय उद्योग वाणिज्य संघहरुले महासंघलाई पत्र लेख्दै एनआईसी एशिया बैंकलाई कारवाहीका लागि नेपाल सरकार र नेपाल राष्ट्रबैंकसँग पहल गरिदिन आग्रह समेत गरेको तीनदिन बितसिक्दा समेत कुनै पहल नभएको भन्दै देशभरी रहेका एनआईसी एशियाका शाखा कार्यलयहरु बन्द गराउने चेतावनी दिएका हुन ।
अहिले प्राय सबै जसो बाणिज्य बैंकहरुले एक करोडसम्मको कर्जा दिँदा त्यसको सेवाशुल्क बापत २५ हजार मात्रै लिने गरेको छ । तर, एनआईसी एशियाले एक करोड कर्जा दिँदा ३ लाखदेखि ३ लाख ५० हजार सम्म सेवा शुल्क लिइरहेको व्यासायीहरुको भनाइ छ ।
उक्त बैंकको केन्द्रिय कार्यालय र देशभरमा छरिएका शाखा कार्यालयहरुबाट व्यवसायीहरुले लिएको कर्जाको व्याज आन्तरिक रुपमा बढाउदै व्यवसायीहरुलाई प्रताडित बनाएको उद्योग बाणिज्य संघ सुर्खेतले महासंघलाई लेखेको पत्रमा उल्लेख छ । राष्ट्र बैँकको नियम विपरित कर्जा नविकरण गर्दा समेत कुल कर्जाको तीन प्रतिशत भन्दा बढी चर्को शुल्क असुली रहेको व्यवसायीहरुले बताएका छन् ।
एनआईसी एशिया बैंकले शूरुमा ग्राहकहरुलाई विभिन्न प्रलोभन देखाउदै बैंकसम्म पुर्याउने र उनीहरुबाट सेवा सुरु भएपछि अनेक शिर्षकमा अनधिकृत शुल्क असुल्ने गरेको व्यवसायीहरुको दावी छ ।
कर्जा नविकरण वापत तीन प्रतिशत शुल्क तिर्नुपर्दा व्यवसायीहरु मर्कामा परेको र बैंककै कारण व्यवसाय समेत धराशायी हुदै गएको ऋणीहरुले गुनासो गरेका छन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार