राजदरवार भन्दा ठूला लालदरवार कसरी खडा भए ?
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शनिबार २:४:३५
६ मंसिर,काठमाडौं । १० बर्षे जनयुद्ध र ३० बर्षे धनयुद्धले आक्रान्त बनेको देश अहिले सिमानामा बिदेशीको प्रहारबाट क्षतबिक्षत बनिरहेको छ । वर्तमान नेतृत्वप्रति जनतामा वितृष्णा भरिएको र मुलुकमा अपराधिकरण बढिरहेको अवस्थामा भ्रष्टाचार शुन्य र बृहत बिकासका गुरुयोजनासहित अब चाँडै नेपालीहरुले फेरी आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।
देश रहे हामी रहने हो । नेपाल रहे मात्रै नेपाली रहने हो । तर नेपालको बर्तमान अवस्था हेर्दा लाग्छ राजनीतिक दलहरुले देशलाई लैनो गाई मात्र ठानेका रहेछन् । मुलुक त सिंगै बिक्री भैसकेको रहेछ । मुलुकको अस्मितामाथि धावा बोल्न सक्ने छिमेकी पैदा भैसकेका रहेछन् ।
कहिले “महाकाली नदी साझा हो पानी आधा आधा हो” भन्छन् त कहिले सिमानाका बारेमा अहिल्यै धेरै नबोलौ भनेर तर्किन्छन् । देश प्रेमको भावनामा अलिकति पनि ओतप्रोत नभएकाहरुले राजदरबार भन्दा ठूला लालदरबार खडा गरिसके ।
नेपाली भूमिमा बिदेशीहरुले परेड खेलिसकेका छन् । नेपाली भूमिलाई अतिक्रमित गर्ने बिदेशीको चाहनालाई परिपुर्ति गर्ने मात्रै काम भएका रहेछन् भनेर अहिले नेपालीहरुले बुभ्mदैछन् । भारतले नेपालीहरुमा कत्तिको राष्ट्रप्रेम छ भनेर बुभ्mनका लागि मात्रै हो कालापानीको नक्सा हटाएर हेरेको । यी भारतीय विस्तारवाददका भाडाका टट्टुहरुले नेपालीलाई उखानटुक्काका हजमोला खुवाएर आफुले देशै बेचेर खाईसकेका छन् । कहिले “महाकाली नदी साझा हो पानी आधा आधा हो” भन्छन् त कहिले सिमानाका बारेमा अहिल्यै धेरै नबोलौ भनेर तर्किन्छन् । देश प्रेमको भावनामा अलिकति पनि ओतप्रोत नभएकाहरुले राजदरबार भन्दा ठूला लालदरबार खडा गरिसके ।
बिदेशीले आफ्नाे देशको भुमि मिचेर राष्ट्रिय अस्मितामाथि बुट बर्जादा पनि र जनता राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डता जोगाउन ज्यानको बाजी लगाएर सडकमा उत्रिएको बेला यिनीहरुलाई लोग्नेको काजकृयामा बरखी बारेर बसेकी असहाय महिलालाई बीच सडकमा ल्याएर अबिर जात्रा गर्नमै ठिक्क छ ।
सिंहदरबार भाडामा लगाउने तैयारीमा छन् भने बालुवाटारमा गिद्धेदृष्टि लगाईसके । टुडिखेल र रंगशालामा खुट्टो छिराउन उद्दत देशमारा अपराधीहरुले सरकारी-निजी संस्थानका, निजी मठमन्दिरका, स्कूल र पार्टीपौवाका जमिन र भौतिक सम्पत्ति पनि खानेछन् । मुलुक भनेको बालुवाटार र सिंहदरबार बुझेकाहरुबाट किमाथांका र दार्चुलाको लिपुलेक यिनीहरुलाई एकादेशको कथा भएको छ ।
बिदेशीले आफ्नाे देशको भुमि मिचेर राष्ट्रिय अस्मितामाथि बुट बर्जादा पनि र जनता राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डता जोगाउन ज्यानको बाजी लगाएर सडकमा उत्रिएको बेला यिनीहरुलाई लोग्नेको काजकृयामा बरखी बारेर बसेकी असहाय महिलालाई बीच सडकमा ल्याएर अबिर जात्रा गर्नमै ठिक्क छ ।
राजा सबैका साझा थिए तर नेता सबैका साझा बन्न सकेनन् । सिंगो देशको नेतृत्व गर्ने नेता यो देशले जन्माउनै सकेन । एउटा पार्टीको र त्यसमा पनि राजधानीमा बसेर नेताको अगाडि पछाडि धुपबत्ति बाल्नेहरुले नै नेतालाई तिनकोश परसम्म गन्हाउने बनाए । यिनीहरुमा देशप्रेम र राष्ट्रभक्ति थियो भने मुलुकमा परेको यत्रो बिदेशीको दवावका बेला जाबो एउटा उपनिर्वाचनमा सरकारले समय खर्चिनु पर्ने थिएन ।
ईतिहास पढदा गर्व लाग्छ । देशको प्रधानमन्त्री खुँडा, खुकुरी, ढाल र तरबार बोकेर जनतालाई पछाडि लगाई आफु फौजको नेतृत्व गरेर देशको सिमाना बढाउन जान्थे रे । देशको सर्बोच्च शिरमा राजा आफै फौजको नेतृत्व गर्थे रे ।
सरकारले त जनताका माझमा गएर अब के गर्ने हो भनी रातारात छलफल चलाएर भोलि बिहानको भालेको डाँकसँगै लिम्पियाधुरा र कालापानी पुग्नु पर्ने थियो । भारतीय नेतृत्वलाई कालापानीमै बोलाएर सिमानाका बारेमा ठोस कदम चाल्नुपर्ने थियो । नेपाली सेना र अन्य प्रहरी बललाई सिमानामा पठाईसक्नु पथ्र्यो । बिदेशीलाई चुनौती दिनसक्ने खालका अभिब्यक्ति वा गतिबिधि सञ्चालन गर्न सक्नुपथ्र्यो । तर सरकार आफै बिरामी छ । सुनिन्छ, हाम्रो सरकार भर्खरै अस्पतालबाट बालुवाटार फर्किएको छ । बिरामी सरकारले केहि गर्न सकेन भनेर रोईलो पनि के पो गर्नु र ???
ईतिहास पढदा गर्व लाग्छ । देशको प्रधानमन्त्री खुँडा, खुकुरी, ढाल र तरबार बोकेर जनतालाई पछाडि लगाई आफु फौजको नेतृत्व गरेर देशको सिमाना बढाउन जान्थे रे । देशको सर्बोच्च शिरमा राजा आफै फौजको नेतृत्व गर्थे रे । तर बिडम्बना अहिलेका नयाँ राजाहरु र सरकारका प्रधानमन्त्री समेत देशको सिमाना कहाँ र कसरी मिचिएको हो भन्ने कुरामा मुखसम्म खोल्दैनन् । सिमाना मिचिएको ठाउँमा जानु त कता हो कता ? कतिसम्म बोलौं प्रभू भनेर राजदुतावासमा सोधनी गर्न पठाउने सम्मका हामी नेपालीले राष्ट्रियताको बारेमा केनै पो गर्न सक्ने रहेछौ र ?
मुलुकमा राजनीतिक परिवर्तन भयो भने आम नागरिकले सुख पाँउछन् । नेपालीको गरिवी र पछ्यौटेपनको अन्त्य हुन्छ ।नागरिकको प्रतिब्यक्ति आय बढछ । देश समृद्ध हुन्छ भनेर भएका र गरिएका राजनीतिक परिवर्तन पछि देश झन कहालीलाग्दो भ्रष्टाचार र कमिशनतन्त्रमा फसेको छ । देशलाई नेतृत्व गर्ने पश्चिमा ठेकेदार राजधानीमै आएर बसेको छ ।
पद, पैसा र कुर्सीका लागि बाबुको काजक्रिया नै नगर्ने देखि ७ दिनमै कर्मकाण्ड सिध्याउनेसम्मका हर्कतहरुले हाम्रो सनातन हिन्दूधर्ममा ठाडो प्रहार भैरहेको छ । यसको सुरक्षा र सम्र्बधन अहिलको सरकारबाट हुनेवाला छैन । यसका लागि तमाम हिदू धर्मावलम्बीहरुले अब बृहत मोर्चा बनाएर देशब्यापी र बिश्वब्यापी अभियान चलाउनु पर्ने देखिन्छ ।
जनताले तिरेको करबाट लगाईएका ठेक्कापट्टाका योजना समेत भनेको समयमा सकिदैनन् । ठेकेदारलाई कमाईखाने भाडो बनाएका नेताहरुको द्रब्यमोह समाप्त नभएसम्म मुलुकले समयमै बनाएको योजना पुरा हुने कुरामा विश्वास गर्न सकिदैन ।
सनातन देखि मानिदै आएका धर्म र धर्मको रक्षाका लागि गरिने कर्मकाण्डहरुलाई तोडमोड गरेर नेपालीहरुलाई ईसाईकरण गर्न जसरी विदेशी दलालहरु लागिरहेका छन् त्यसलाई अहिलेको सरकारले थप मलजल गरिरहेको भने प्रष्ट रुपमा देख्न सकिन्छ । धर्मलाई अफिम मान्नेहरुले धर्मको रक्षाका लागि कुनै ठोस पहल गर्लान जस्तो पनि लाग्दैन ।
पद, पैसा र कुर्सीका लागि बाबुको काजक्रिया नै नगर्ने देखि ७ दिनमै कर्मकाण्ड सिध्याउनेसम्मका हर्कतहरुले हाम्रो सनातन हिन्दूधर्ममा ठाडो प्रहार भैरहेको छ । यसको सुरक्षा र सम्र्बधन अहिलको सरकारबाट हुनेवाला छैन । यसका लागि तमाम हिदू धर्मावलम्बीहरुले अब बृहत मोर्चा बनाएर देशब्यापी र बिश्वब्यापी अभियान चलाउनु पर्ने देखिन्छ ।
सरकार बाहिर हुँदा भारतीय बिस्तारवादद मुर्दावाद भन्दै चर्का राष्ट्रवाददका नारा लगाउनेहरुनै सरकारमा हुँदा लम्पसारवादमा परिणत हुनु नै नेपालीका लागि कहिल्यै निको नहुने घाउ हो । कालापानी र सुस्ताको जमिन फिर्ता ल्याउछौ भनेर हजारौं नेपालीका निर्दोष छोराछोरीलाई बलिको बोको बनाउनेहरुलाई सोध्न मन लागेको छ खै तिम्रो फोस्रो राष्ट्रवाद कहाँनेर बिलायो ?
भीमशेन थापा र वीर भक्ति थापा जस्ता अमर नेता जन्माउने आमालाई सोध्न मन छ आमा तिमी थला पर्यौ कि थला पारे देशका शाषकहरुले ?? सीमा कालापानी र लिपुलेकमा मात्र हैन मधेश छियाँछियाँ भएको छ भन्ने समाचारहरु बारम्बार आईरहदा पनि मधेशबादी दलहरु मौन रहनुले यिनीहरुमा पनि देश प्रेम छ र ? भन्ने प्रश्न उब्जिएका छन् ।
मधेशबादी दलहरुले आफ्नाे धारणा स्पष्ट पार्न अबेला भैसकेको छ । अन्यथा मधेशबादी दलको खोल ओढेर फेरी तर(छाली) चाख्न पाईन्छ भन्ने बज्रस्वाँठहरुलाई नेपाली जनताले मधेशबाट पनि बढार्नेछन् ।
नेपालमा आर्थिक भष्ट्राचारको जरो भनेकै राजनीतिक भष्ट्राचार हो । पढदै नपढी एम.ए.पास जस्ता वीरबल मेथड अफ डेभलपमेण्टले गर्दा सही मानिस सही ठाउँमा आउनै सकेनन् । अलिअलि पढेलेखेकाले कि त खाडीतिर बाटो तताए कि त अमेरिका, अष्ट्रेलिया तिर घरजम बसाए ।
नेपाली जनतालाई मुतको न्यानो पार्दै कहिले मुक्तिनाथ, त कहिले जनकपुर अनि कहिले पशुपतिनाथको दर्शन गर्न भन्दै बर्षमा ५ चोटी नेपाल आउन सक्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकपटक सीमा विवादका बारेमा छलफल गर्न काठमाडौंमा बोलाउन सरकार ?
नेपालको सिमाना यहाँ नेर हो भनेर पश्चिम र दक्षिणमा आफुसँगै लगेर किल्लो ठोक्ने हिम्मत अब सरकारले राख्नु पर्छ । नेपाली जनता सिमाना बिवाद मिलाएर मोदीलाई काठमाडौंमा एकपटक हेर्ने भन्दैछन् । देशको सार्वभौमसत्ता र अखण्डताको बिषयमा सरकारले राष्ट्रिय धारणा अगाडि सार्नुपछ नत्र जनताले सरकारप्रतिको विश्वास तोडन सक्छन् ।
नेपालमा आर्थिक भष्ट्राचारको जरो भनेकै राजनीतिक भष्ट्राचार हो । पढदै नपढी एम.ए.पास जस्ता वीरबल मेथड अफ डेभलपमेण्टले गर्दा सही मानिस सही ठाउँमा आउनै सकेनन् । अलिअलि पढेलेखेकाले कि त खाडीतिर बाटो तताए कि त अमेरिका, अष्ट्रेलिया तिर घरजम बसाए ।
बिकासको पुर्वाधारमा युवा जनशक्ति लगाउने भन्दा पार्टीका झण्डा बोकेर जिन्दावाद र मुर्दावाद गर्नमै युवाहरु रमाए । माउसुली(किरा) पर्यो भने कुँडोमा तताएर राखेको दुधका मायाँ गरेर पो के गर्नु र ? आफैंले दुहेर ल्याएको माली गाईको दुध पनि आफैले मल्खाडिमा मिल्काउनु पर्ने अवस्था आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार