लागुऔषधसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शनिबार ३:३०:५१
६ मंसिर काठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले पाँच हजार १९४ एम्पुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा लागऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका शिवशक्तिबाट डाइजेपाम १९४ एम्पुल, नुर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम एक हजार ४८७ एम्पुल, नुर्फिन एक हजार ५६४ एम्पुल, फेनारगन एक हजार ५७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम पाँच हजार ५५० ट्याब्लेट बरामद गरेको हो ।
पक्राउ परेका शिवभक्ति र वाइवा यसअघि लागऔषध कारोबारमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार