नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का
नेपालबहस संवाददाता
मंसिर ७, २०७६ शनिबार २३:१३:५०
७ मंसिर काठमाडौं । नेपालमा यही मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ‘साग’ अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
साग आयोजकले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको हो । नेपाल र श्रीलङ्काबीचको खेल यही मंसिर १७ गते हुनेछ । सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन् । यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तान भने सहभागी छैनन् ।
त्यसैगरी नेपालले मंसिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
त्यसैगरी आज नै सार्वजनिक गरेको महिला टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको छ । विभिन्न चार राष्ट्र सहभागी उक्त प्रतियोगिताअन्र्गत नेपाल र माल्दिभ्सबीचको खेल मङ्सिर १६ गते हुनेछ । नेपालले दोस्रो खेल १८ गते बङ्गलादेशसँग खेल्नेछ भने मङ्सिर २० गते श्रीलङ्कासँग अन्तिम खेल खेल्नेछ ।
महिला क्रिकेटमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस खेलमा भारत, पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्नेछन् । उक्त प्रतियोगिताको खेल पोखरा रङ्गशालामा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार