गिरिजाप्रसाद फाउण्डेशन अमेरिकाद्धारा सुजाता कोइरालासगं भेटघाट
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १६:१३:३
९ मंसिर काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्कको क्वीन्स स्थित ज्वीस सेन्टर हलमा माननीय सुजाता कोइरालासगं स्वागत तथा भेटघाट कार्यक्रम नोभेम्वर १८ मा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसकी नेतृ, पुर्व उप-प्रधान मन्त्री, पुर्व विदेश मन्त्री, सांसद एवम् गिरीजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननीय सुजाता कोइरालाको प्रमुख आतिथ्यमा भव्य र सभ्य रूपले कार्यक्रम सम्पन्न भएको हो ।
यस कार्यक्रमा माननीय सुजता कोइराला लाई स्वागत गर्न विशिष्ट अतिथि हरुमा क्रमशः सयुंक्त राष्ट्र सघंका लागि स्थायी प्रतिनिधि अम्रीत राई, न्युयार्क राज्य का सेनेटर जोन सि. लियु, न्युयार्क सिटीका एसेमब्ली मेम्बर डेभिड वेपरिन, अमेरिकी राष्ट्रपतिय चुनाउका लागि उम्मेदवारी दिएका एवम् पुर्व उप-राष्ट्रपति जो वाईडनका एसिया प्यासफिक आईलेण्डरका चुनावि क्याम्पेन डाइरेक्टर अमित जानि, क्विन्स वोरो कम्युनिटी डाइरेक्टर डा. महम्मद ह्याक, सयुंक्त राष्ट्र सघंबाट Sherrill Kazan (President of World Council of Peoples of the United Nations), Guru Dileepkumar Thankappan (Chairman of Yoga Community and President of Global Interfaith Clergy Council), Monkol Thitithamasak (UN IT Manager), Dilip Chauhan-Director of South East/ Asian Affairs for Brooklyn Borough President Eric L Adams, Afsana Akhter from the office of Assemblywoman Catalina Cruz, Mirna Velasquez-Rep. from NYS Labor Department, Queens District Democratic Leader Anthony D jr. Andrews, South Asian Leaders Badrun Khan & Joy Choudhary, Malini Shah-Chief of Staff from the office of NYC Council Member Paul Vallone , Gyanal Thapa-Qeens Community Board Member5, Rt. Justice Thomas Raffael हरुको उपस्थिति रहेको थियो।
अन्य अतिथि हरुमा क्रमशः नेका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, पुर्व नेजससअ सयोजक बिष्णु सुवेदी, पुर्व नेजससअका उप-सभापती मिङ्गमार शेर्पा, पुर्व केन्द्रीय सदस्यहरु बेद खरेल, प्रमोद सिटौला, न्युयार्क च्याप्टर सभापति रोशन ढुङाना, पुर्व च्याप्टर सभापति कृष्ण पोख्रेल, एन आर एन ए का युवा संयोजक विनोद रुवाली, एन आर एन ए न्युयार्क का अध्यक्ष रामहरि अधिकारि, प्रथम महिला डि आई जि पार्वति थापा मगर, INLS-BOT की अध्यक्ष गिता खत्री, INLS-NY का पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, बुद्विजिवि डाक्टर गोवीन्द कोइराला, नेवि सघं अमेरिकाका सयोंजक प्रभात सापकोटा, पास्टर ऐमानुयेल ऐसे, सामाजिक अभियान्ता क्रमशः नेदेन डोङला ‘शेर्पा’, हरिस हमाल, अमित साह, बोस्नियान कम्युनिटी की जारा हसना, फिलिपिनो कम्युनिटीकी पोट्रि रान्का मनिस, म्यानमार का मानव अधिकारवादी मो चान, बङलादेश कम्युनटिकी रुबैया रहमान, इन्डीयन कम्युनिटि की प्रिया समान्त, टिब्बेटन कमिटिकी न्यान्सी क्लेन, रतन लामा, केशबराम राई, नेका खोटाङका नेता डा. राजकुमार राई, सुनिल महत लगायत हरुको उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल र अमेरिका को राष्ट्रिय गान गाएर सुरुवात गरिएको थियो भने वरिष्ठ कलाकार सगींता मुखिया छोच्छुँ ले स्वागत गान गाउनु भएको थियो भने अर्का वरिष्ठ कलाकार राम श्रेष्ठले अग्रेजि गाना गाएर सबैलाई मनोरन्जन गराएका थिए । बालकलाकार अर्मानी महर्जनले बेजोड नृत्य गरेर अतिथिहरु लाई हर्षित बनाईन।
साथै टिब्बेटियन कमिटि को तर्फवाट बालकलाकारद्वय Tenzin Choeni Tsekyi Tsultrim ले आफ्नै भाषामा स्वागत गान गाएका थिए। यस फाउण्डेशन को तर्फवाट प्रमुख अतिथि लाई स्वागत गर्नेहरुमा यु एस च्याप्टर अध्यक्ष सोमनाथ घिमिरे, कोशाध्यक्ष ब्रेन्दा राई, सह-कोशाध्यक्ष पुनम राना मल्ल, केन्द्रीय सदस्यहरु क्रमशः सुश्री दावा शेर्पा, छिरिङ्ग राप्के लामा, रामचन्द्र अधिकारी, शारदा क्षेत्री, फुर्वा शेर्पा थिए भने मानार्थ सदस्यहरुमा सान्त रिसाल र डा. महम्मद रसिद र यसै फाउण्डेशनका कानुनी सल्लाहकार वकील गिरीजा गौंतम सहभागी थिए ।
वरिष्ठ कलाकार हरु क्रमशः नुच्छे नारायण डगोंल, हरीश माथेमा, बिक्रान्त बस्नेत, बसन्ती राई, अभय ढुगेंल, राम श्रेष्ठ, संगीता मुखिया, सुवर्ण शाक्य हरुको पनि उपस्थिति थियो। वरिष्ठ पत्रकार द्वय दिवाकर वागचन्द र विके नेवा, अन्नपूर्णकर्ता पत्रकार अनिल अधिकारि हरु पनि स्वागत कार्यक्रममा उपस्थित सहभागी भएका थिए ।
यस भेटघाट तथा स्वागत कार्यक्रममा मन्तव्य राख्दै सयुंक्त राष्ट्र सघंका लागि स्थायी प्रतिनिधि अम्रीत राईले गिरिजा वावुले राष्ट्रीय र अन्तराष्ट्रीय जगत मा गरेको योगदान वारे चर्चा गर्दैफाउण्डेसनको उत्तरोत्तर प्रगति को कामना गर्नु भयो। मन्तव्यकै क्रममा सेनेटर जन सि लिउ, न्युयार्क सिटीका एसेमब्ली मेम्बर डेभिड वेपरिन, अमेरिकी राष्ट्रपतिय चुनाउका लागि उम्मेदवारी दिएका एवम् पुर्व उप-राष्ट्रपति जो वाईडन का एसिया प्यासफिक आईलेण्डर का चुनावि क्याम्पेन डाइरेक्टर अमित जानि, क्विन्स वोरो कम्युनिटी डाइरेक्टर डा. महम्मद ह्याक, सयुंक्त राष्ट्र सघंवाट पाल्नु भएका अतिथिहरु, नेका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, पुर्व नेजससअ सयोजक बिष्णु सुवेदी लगाएत ले प्रमुख अतिथिलाई स्वागत गर्दै खुशी व्यक्त गरेका थिए ।
आजको कार्यक्रमका आकर्षक तथा प्रमुख अतिथि नेपाली कांग्रेसकी नेत्री, पुर्व उप-प्रधान मन्त्री, पुर्व विदेश मन्त्री, सांसद एवम् गिरीजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष माननीय सुजाता कोइराला ले बोल्दै सबै उपस्थित अतिथिहरुलाई हृदयवाट नै धन्यवाद प्रकट गर्दै आफु अत्यनतै खुशी भएको बताए ।
उनले फाउण्डेसन स्थपना गरेर देश विशेश सम्म सामाजिक कार्यहरु गरेर अघि बडदै जाने कुरा प्रष्टाउनु भयो। साथै नेपाल-अमेरिका को सम्वन्ध धेरै पुरानो हो र यसलाई अझै मजबुत गर्दै जाने बताए । सयुक्त राष्ट्रसघं सगं हातेमालो गरेर फाउण्ढेसन ले सामाजिक कार्यहरु गरेर जानेछ भन्नुभयो। माननिय सुजता कोइरालाले सबै उपस्थित अमेरिकन नागरिकहरु लाई नेपाल भ्रमण “VISIT NEPAL 2020” को लागि भ्रमणको लागि आमन्त्रण गरे ।
माननिय सुजता कोइराला नेपालकै प्रथम नेत्री जसले यस कार्यक्रम मा New York City Brooklyn Borough President Hon. Eric L. Adams र New York City Council Member Paul Vallone वाट छुट्टा छुट्टै एकै दिनमा दुईवटा सम्मान पत्र वाट सम्मानित हुनुभयो भने युएसए च्याप्टर का अध्यक्ष सोमनाथ घिमीरे पनि New York City Brooklyn Borough President Hon. Eric L. Adams बाट सम्मानित भए ।
एउटा ईतिहास लेख्न सफल भएकोमा आदरणीय सुजता कोइरालाज्यु लाई हामी सबैको तर्फवाट हार्द्वीक बधाई दिन चाहन्छौं। अन्त्यमा यसै फाउण्डेशन की कोशाध्यक्ष ब्रेन्दा राईले गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका शाखाको तर्फ़ बाट उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरे ।
गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका का अध्यक्ष सोमनाथ घिमीरे ले कार्यक्रम संचालन गर्दै नेपाल र विदेशी मुलुकहरुको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ र नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अन्त्यमा भिम्स क्याफे का संचालक एवम् नेपाल तरुण दलका नेता हेमन्त वम मल्ल र नेपाल भान्सा घरकी प्रोप्राईटर बिमला श्रेष्ठ हमाल, दुवैलाई चिया र खाजा को व्यवस्था गरीदिनु भएकोमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखा आभार प्रकट गर्दछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार