लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ मंगलबार ३:२४:४२
९ मंसिर काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । “समानताको पुस्ता : बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनारा यहाँका स्थानीय तहले पनि अभियानको थालनी गरेका छन् । रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना, देवदह र सिद्धार्थ नगरपालिकाले औपचारिक कार्यक्रम गरी अभियानको शुरुवात गरेका छन् ।
यहाँका अधिकांश स्थानीय तहले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धतासहित औपचारिक कार्यक्रम गरेर अभियानको शुभारम्भ गरे । अभियानका क्रममा रुपन्देहीका नगरपालिका र गाउँपालिकाले सचेतनाका कार्यक्रमलाई बढी जोड दिएका छन् ।
व्यक्तिको सोच परिवर्तन नहुँदासम्म हिंसा नियन्त्रणमा समस्या रहेकाले पहिलो प्राथमिकता सचेतनामूलक कार्यक्रमलाई दिइएको छ । ‘समानताको पुस्ताः बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकाले यस वर्षको नारा बलात्कार केन्द्रित बनाइको हो ।
बुटवल उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरेको छ । अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसा नियन्त्रणका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताइन् ।
हिंसामुक्त बुटवल शहर निर्माणका लागि परिवार, विद्यालय र समुदायमा सचेतना फैलाउने काम भइरहेको भन्दै उनले यसका लागि सबै प्रतिबद्ध भएर सहयोग गर्नुपर्ने बताइन् । विद्यालयलाई लैङ्गिकमैत्री बनाउन बुटवल उपमहानगरपालिकाले आज विद्यालयका प्रधानाध्यापकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्यालयमा स्वतन्त्र र भयरहित वातावरण सिर्जना गरी बालबालिका तथा किशोरकिशोरीको पठनपाठनलाई प्रभावकारी बनाउन लैङ्गिकमैत्री विद्यालय आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले विद्यालयमा हुनसक्ने हिंसाका घटना रोक्न सचेतना आवश्यक रहेको बताए । लैङ्गिकमैत्री विद्यालय सम्बन्धमा प्रस्तुतीकरण गर्दै सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्याल र शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले परिवार, विद्यालय र समाजमा लैङ्गिकमैत्री वातावरण निर्माणका लागि सोच, प्रवृत्ति र व्यवहार सुधार गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयमा बालबालिकाले खुलेर आफ्ना समस्या राख्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अन्तक्र्रिया कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको अभियानको शुरुवात गरेको छ । परिवर्तनको शुरुवात आफैंबाट गरौं भन्ने मानसिकताका साथ नगरका कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन नगरपालिकाको कार्यालयबाटै कार्यक्रम गरेर अभियानको थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम आर्यालले बताए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज कार्यालयमा हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित कार्यालयमा ब्यानर राखेर हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिए ।
नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा मङ्गलबारदेखि १७ वटै वडामा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । नगरका सबै वडामा लैङ्गिक हिंसा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उपप्रमुख चौधरीले बताए ।
यस्तै १६ दिने अभियानका क्रममा सैनामैना नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि नगरवासीलाई प्रतिबद्ध बनाउन हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख बिना रानाले जानकारी दिए । कार्यक्रममा सरोकारवालाले “म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु” भन्ने प्रतिबद्धता जनाएका थिए ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा रुपन्देहीको देवदह नगरपालिकाले प्रभातफेरी निकालेको छ । प्लेकार्डसहित देवदहको खैरेनीचोकबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरी शीतलनगरमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा विभिन्न सङ्घ संस्था, किशोरी समूह, आमा समूह, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिए । सोह्र दिने अभियानका क्रममा देवदह नगरपालिकाले सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । अभियानका क्रममा शङ्करपुरमा सडक नाटक प्रदर्शन, महिला सशक्तीकरण तालीम आयोजना गरिएको उपप्रमुख गुरुङले बताए ।
जिल्लामा अन्य नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरुवात गरिरहँदा लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने कुनै योजना नै बनाएको छैन् । कर्मचारी अभावका कारण नगरपालिकाले कुनै योजना बनाउन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए ।
“सामाजिक विकास शाखामा एउटा कर्मचारी छैन, न अरु शाखामा काम गर्ने कर्मचारी छन्, कसरी कार्यक्रम गर्ने रु उनले भने, ‘‘कर्मचारी अभावले नगरका गतिविधि अगाडि बढाउन समस्या छ ।” अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको परिचयपत्र समेत वितरण गर्न नसकिएको गुनासो गर्दै उनले जनताको भार थेग्न नसकेका कारण कार्यालयमा ताला लगाएरै हिँड्नुपर्ने परिस्थिति सिर्जना भएको गुनासो गरे ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत रुपन्देहीका गाउँपालिकाहरुले पनि चेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् । सियारी गाउँपालिकाले प्रत्येक वडामा कानूनी सचेतनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको गाउँपालिकाका उपप्रमुख अमृता गुरुङले जानकारी दिए । कानूनका विषयमा स्थानीयवासीलाई बुझाउन जरुरी रहेकाले यस वर्षको अभियान कानूनी साक्षरतामा केन्द्रित गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार