उपनिर्वाचन २०७६ : निष्पक्ष बनाउन कांग्रेसको प्रशिक्षण
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ मंगलबार ३:४१:५१
९ मंसिर मध्यपुरथिमि । आगामी मंसिर १४ गते हुने उपनर्वाचनमा कसरी परिचालन हुने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणना सम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनामा बस्नेलगायत निर्वाचनमा परिचालन हुनेलाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिका बारेमा जानकारी दिन प्रशिक्षण दिएको नेपाली कांग्रेस क्षेत्र नं। १ का सभापति जीवन खत्रीले जानकारी दिए ।
कांग्रेसले चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिकाको १० नं वडाका वडा सभापति, सह–सभापति, बुथ संयोजक, सदस्य, क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यलाई प्रशिक्षण दिएको खत्रीले जानकारी दिए ।
त्यसैगरी उपनिर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गराउन निर्वाचनका रणनीति र योजना, बुथ संयोजक तथा प्रतिनिधिको काम, कर्तव्यबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य सीता गुरुङ, डा चन्द्र भण्डारी, गुरुराज घिमिरे र नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थले प्रशिक्षण दिए ।
त्यस्तै अधिवक्ता विवेकराज ढुङ्गेलले समसामयिक राजनीतिक सन्दर्भ र चुनावी मुद्दा, निर्वाचन कानून र बुथ एजेण्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणका क्रममा जिल्ला सभापति दुर्लभ थापाले उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार