म्याद गुज्रेका आठ हजार ५०० केजी मैदा नष्ट
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १४:७:६
१० मंसिर बनेपा । पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी १७० बोरा मैदा सोमबार नष्ट गरिएको छ ।
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो ।
हुमागाईंसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले गत कात्तिक ६ गते गरेको बजार अनुगमनका क्रममा सो उद्योगको गोदाममा म्याद नाघेका मैदा प्रयोग गरेको पाइएपछि बन्द गरिएको थियो ।
खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख शिव भण्डारीका अनुसार उत्पादन भएको मितिले ४५ दिनभित्र प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दुई महिनाभन्दा बढी मिति नाघेको १७० बोरा मैदा थिए । आठ हजार ५०० किलो मैदा अहिलेको बजारमूल्य अनुसार रु चार लाख २५ हजार बराबरको रहेको भण्डारीले बताए ।
अनुगमन टोलीलगायत वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारी, पाँचखाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन कार्की, उद्योगका प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र राधाकृष्ण श्रेष्ठलगायतको रोहवरमा शिलबन्दी खोली नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार