आज प्रधानमन्त्री ओलीले सागमा सहभागी खेलाडीलाई सम्बोधन गर्ने
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १५:३६:३२
१० मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद सागको १३ औँ संस्करणमा सहभागी हुने सबै खेलाडीलाई मंगलबार सम्बोधन गर्दै छन् ।
प्रधानमन्त्री ओलीले सबै खेलाडी तथा पदाधिकारीसँग काठमाडौँमा भेट्नका लागि बोलाएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा खेलाडी तथा पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि बसैलाई काठमाडौं आएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिएका छन् ।
यसले गर्दा काठमाडौँसहित पोखरा र ललितपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको प्रशिक्षण प्रभावित भएको हो । १३ औँ सागको उद्घाटन यहि मंसिर १५ गते हुँदैछ । प्रधानमन्त्री ओलीले मंगलबार खेलाडीका लागि केही प्याकेज घोषणा गर्ने तयारी गरेका छन् ।
हालसम्म सागमा पदक जित्ने खेलाडीलाई दिइँदै आएको नगद पुरस्कारमा वृद्धि गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ । हालसम्म स्वर्ण पदक जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई लाख तथा काश्य पदक जित्नेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार