देशभर बदली, वर्षा र हिमपातको सम्भावना
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १५:४७:७
१० मंसिर काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम प्रभावित भएको छ । हाल देशभरका अधिकांश क्षेत्रका आंशिकदेखि सामान्य बदली भएको छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । सुदूर–पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । सुदूर–पश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर १० गते (मंगलबार)
दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राती: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
मंसीर ११ गते (बुधबार)
दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
मंसीर १२ गते (बिहिबार)
दिउँसो: देशैभर आंसिकदेखि सामान्य बदलि रहनेछ । पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राती: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ | पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार