कौडा खेल्ने २ जना ठूलो रकमसहित पक्राउ
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १८:०:१
१० मंसिर काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर जडिबुटीबाट अवैध लागूऔषध चरेश १ केजी २ सय ग्राम सहित भक्तपुर गट्ठाघर बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-१० घर भएका २६ वर्षीय शिव प्रसाद ढुङगेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपाबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी ३ सय ९५ ग्राम, अवैध लागूऔषध गाँजा १ सय ६० ग्राम र गाँजाको हरियो बोट ४ वटा सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सानेपा बस्ने ३५ वर्षीय साइमन श्रेष्ठ, २२ वर्षीय रुपक तुलाधर र २२ वर्षीय आकाश तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रुकुम ‘पूर्व’, भुमे गाउँपालिका-४ धौलापैराबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ अन्दाजी २ केजी ५ सय ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका-३ क्याङ्सी बस्ने २७ वर्षीय तारा रोका र भुमे गाउँपालिका-६ महत बस्ने तिलक पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(-६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका बस्ने साब हुसेन, अमरुदिन मियाँ र पर्सा पोखरिया नगरपालिका-८ बस्ने महमद मुर्तुजा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो वीरगंज पर्साबाट खटिएको प्रहरीले ना.३८ प ४३४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पर्साको बहुदरमाई नगरपालिका-४ स्थित पोखरीको डिलमा कौडा र तास खेलिरहेको अवस्थामा बहुदरमाई नगरपालिका-९ बस्ने ५० वर्षीय बेराहिम मियाँ र वीरगंज महानगरपालिका-२६ सुगौली बस्ने ३६ वर्षीय लालबाबु पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ, २८ हजार २ सय भारतीय रुपैयाँ, १६ वटा कौडा र ३ सेट तास समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका(२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-८ बरगाछी डेरा गरी बस्ने संखुवासभा सिलिङचुङ गाउँपालिका-३ ताम्कु घर भएका ३६ वर्षीय सुबास राई समेत ५ जनालाई आर्थिक सहयोग रसिद समेतका विभिन्न सामान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
स्थानिय व्यवसायी तथा बिभिन्न मानिसहरुसँग चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ बाट मोबाइल १० थान, मोबाइलको सिम कार्ड १२ थान, नयाँ प्रेशर कुकर १ थान, आर्थिक सहयोग गरीदिन हुन भन्ने पत्र २ थान, नगद १ लाख १२ हजार ५ सय रुपैयाँ, डायरी १ थान र मोटरसाइकल २ थान सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पाल्पा, उदयपुर, चितवन र रामेछापको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
पाल्पा, रैनादेवी छहरा गाउँपालिका-२ अधेरी गैरा भन्ने स्थानमा लु.२८ प ३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची पाणेनी गाउँपालिका साधनबुटा बस्ने ४० वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रिप्दीकोट गाउँपालिका-३ हार्थोक बस्ने ३० वर्षीय सुदन गैरेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
उदयपुर, ताप्ली गाउँपालिका-४ स्थित थानागाउँ भन्ने स्थानमा ना.५ त ६६०७ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका जतनपुर बस्ने ५१ वर्षीय होम बहादुर राना मगरको स्वास्थ्य चौकी थानागाउँमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२६ खयरघारीस्थित सडकमा ना.७ त ४७० नम्बरको ट्याक्टरबाट नवलपरासी ‘पूर्व’ गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर खस्न गई सोही ट्याक्टरको पछाडीको चक्काले किच्दा उनको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप, उमाकुण्ड गाउँपालिका-२ जिरोमाईलस्थित सडकमा बा.५ ख ७२५४ नम्बरको आईचर गाडीबाट लडेर गम्भीर घाइते भएका सोही गाडीमा काम गर्ने मकवानपुर मनहरी नगरपालिका-३ बस्ने ३८ वर्षीय कुमार लामाको सगरमाथा मेडिकल वम्ती हुँदै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरमा अमेरिकी डलर साटी दिने भन्दै प्रलोभनमा पारी सूर्यविनायक बस्ने दोलखा सैलुङ गाउँपालिका-३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सोमबार बिहान फरार भएका छन् ।
मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वर प्लानिङमा अपरिचित व्यक्तिले अमेरिकी डलर साट्ने भन्दै श्रेष्ठलाई बोलाई रुमालले बेरेको कागज दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ । फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका-७ मैजुवहाल लाहुरे टोल डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २८ वर्षीय साजन पराजुलीको कोठाबाट सुनका विभिन्न गरगहना र मोवाइल १ थान समेत गरी करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धनुषा, शहिदनगर नगरपालिका(३ यदुकुवा बस्ने कालिचन्द्र मण्डलको घरमा सोमबार राति आगलागी हुँदा मण्डलकी छोरी २५ वर्षीया सीमा देवी मण्डलको उक्त आगलागीमा परी मृत्यु भएको छ । कालिचन्द्रकी छोरी सीमा र ज्वाई भारत मधुवनी बस्ने ३२ वर्षीय राहुल मण्डल घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा दुवै जना जलेर गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा सीमा देवीको बाटोमै मृत्यु भएको हो ।
सुनसरी, ईनरुवा नगरपालिका-७ बस्ने रामेश्वर ऋषिदेवको धान काटने क्रममा को.२ त ३५१९ नम्बरको धान काट्ने मेशिनको ईन्जिनबाट आफै आगो निस्की सोमबार साँझ आगलागी हुँदा धान र मेशिन पूर्णरुपमा जलेर करिब ३६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार