उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ बुधबार १:२०:५५
१० मंसिर भक्तपुर । मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ क मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सुरक्षा निकायबीच आज भएको छलफलमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
कार्यक्रममा प्रजिअ भट्टले यही १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ११ गते अपराह्नदेखि मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी पुग्ने बताए । उनले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिने बताउँदै एक मतदानस्थलमा कम्तीमा १२ जनादेखि ३० जनासम्म सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए ।
आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उनले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने जानकारी दिँदै उनले सादा पोशाकमा सुरक्षाकर्मी पनि आवश्यकताअनुसार तैनाथ हुने बताए ।
शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घट्ना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने गरी तयारी अवस्थामा राखिने उनको भनाइ थियो । उनले निर्वाचनका दिन मध्यपुरथिमिको राधेराधेदेखि अरनिको राजमार्गको उत्तरतर्फको क्षेत्रमा १३ गते राति १२ बजेदेखि १४ गते रातिसम्म यातायातको साधन सञ्चालनमा रोक लगाउने बताउँदै निर्वाचन हुने क्षेत्रहरुमा अनुमति पत्र पास बाहेकका सवारी साधनलाई पूर्णरुपमा रोक लगाउने जानकारी दिए ।
निकोसेरा, खस्याङ्गखुस्कुङ्ग पुल, सल्लाघारी, व्यासी, भक्तपुर बजार, कमलविनायक, च्यामासिंह, नाला जाने सडकबाट उत्तरतर्फ पूर्णरुपमा यातायातको साधन चल्न नपाउने भएको छ । यातायातको पासको सन्दर्भमा उम्मेदवारको हकमा एउटा हलुका सवारी साधनको पास र सञ्चारकर्मीको हकमा सूचना विभागले सिफारिस गरेका सञ्चारकर्मीलाई मात्रै सवारी पासको व्यवस्था गरिने जानकारी दिए । मतगणना स्थलमा तारजाली राखिने निर्णय भएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा नेकपाका प्रतिनिधि शम्भु दाहाल, नेपाली कांग्रेसका प्रतिनिधि निशान ढुङ्गेलले पार्टीका जिल्ला अध्यक्ष एवं सभापतिका लागि पनि सवारी पास उपलब्ध गराउनुपर्ने, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइनुपर्ने बताए ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको १० नम्बर वडामा गरी कूल २२ मतदानस्थल रहेको र जसमध्ये कूल १० वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ । उपनिर्वाचन क्षेत्रमा कूल ४५ हजार ३६ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत जगत प्रधानले उपनिर्वाचनलाई प्रभाव पार्नेगरी भोज भतेर गर्न र निर्वाचनको दिनमा विवाहको नाममा कुनै पनि भोज भतेर गर्नसमेत रोक लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार