ओलि नेतृत्वको सरकार काण्डै काण्डले बदनाम
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ बुधबार १:३२:४१
१० मंसिर पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डा. प्रकाशशरण महत्तले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको केपि ओलि नेतृत्वको सरकार काण्डै काण्डले बदनाम भएको वताएका छन् ।
मंगलवार पोखरामा आयोजित विभिन्न चुनावी सभालाई सम्वोधन गर्दै महतले सो कुरा वताएका हुन् । जनताको दुइ तिहाइ मत प्राप्त गरेको सरकार जनताका काममा भन्दा भ्रष्टाचारमा लिप्त भएको महतले वताए । देशमा हत्या, हिंसा, लुटपाट मच्चाउन उद्त सरकारले राष्ट्रियतालाई पनि धरापमा पारेको टिप्पणी महतको छ।
सरकारका काम एक पछि अर्को गर्दै अधिनायकवाद उन्मूख भएको उनले वताए । यो सरकारलाई सही वाटोमा ल्याउन यो उपनिर्वाचनमा कास्की सहित देशका सवै ठाउँमा कांग्रेसलाई जिताउनु पर्ने सहमहामन्त्री महतले जिकिर गरे । यो सरकार लोकतन्त्र प्रति नै अनुदार रहेकोले यसले जनताको भावनाको कदर गर्न नसक्ने उनको टिप्पणी छ ।
वर्तमान सरकार नेपालीको नजरमा मात्र नभएर अन्तराष्ट्रिय मामलामा समेत चुकेको कांग्रेस सहमहामन्त्री महतको निष्कर्ष छ। उनले देशको सीमाना मिचेर भारतले नक्सा जारी गर्दा समेत ओली सरकार निदाएर वसेको आरोप लगाए । नेपाली कांग्रेस उपनिर्वाचन वुथ उपसमिति क्षेत्र नं २ कास्कीद्धारा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री महतले मत परिणाम नआउँदासम्म कांग्रेसका नेता कार्यकर्ता सक्रीय हुन निर्देशन समेत दिए।
वर्तमान सरकार जनतावाट वहिस्कृत भैसकेको अवस्थामा निर्वाचनमा कव्जाको रणनीति अबलम्वन गर्ने खतरा रहेको औंल्याउँदै उनले वुथ कमाण्डरहरु सचेत रहन आग्रह गरे। उनले दवाव, प्रभाव र प्रलोभनमा नपरी आफ्नो दायित्व निर्वाह गर्न वुथ कमाण्डरहरुलाई सुझाव समेत दिए।
कांग्रेस सहमहामन्त्री डा महतले कास्कीका जनताले कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताएर सरकारको गलत रवैयाको भण्डाफोर गर्ने अवसर आएको प्रष्ट पारे। लोकतन्त्रमा वंशको साशन सैह्य नहुने भन्दै महतले कांग्रेस उमेद्वार खेमराज पौडेल एक निष्ठावान व्यक्ति भएकोले उनलाई नै मतदान गर्न कास्की बासीलाई अपिल गरे।
उनले देशमा व्यप्त अराजकताको अन्त्य गर्न पनि यो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने ठोकुवा गरे। कांग्रेस सहमहामन्त्री महतले पोखरा ८ मा आयोजित घरदैलो कार्यक्रममा पुगेर कांग्रेस उमेद्वार खेमराज पौडेललाई विजयको शुभकामना पनि दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार