सुन तस्करीमा करोडौँ राजस्व छली
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १२:१७:५१
११ मंसिर काठमाडौं । पच्चीस किलो सुन तस्करीमा एक गिरोहले रु ३० करोड २६ लाख बिगो बराबरको राजश्व छली तथा विदेशी विनिमय अपचलन गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलोे सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख गरी रु ३० करोड २६ लाख बिगोबराबरको राजश्व छलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको टोलीले असोजको तेस्रो साता तोप्के भोटेको शरीर तथा झोला जाँच गर्दा बिना बिल बीजक लुकाइछिपाइ ल्याउँदै गरेको पाँच किलो सुन बरामद गरी अनुसन्धानका लागि विभागमा पठाएको थियो ।
अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा तोप्के भोटे, रिञ्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेको संलग्नता रहेको पाइएको विभागले जनाएको छ । तोप्चे, ग्यात्सो र रिञ्जिन भोटे पक्राउ परेका छन् भने अरू फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले एक अर्काको बैंक खाता प्रयोग गरी पहिले पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी–पैठारी गरेको देखिएकाले उनीहरूले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको विभागले जनाएको छ ।
उक्त घटनामा पुष्टि हुन आएको २५ किलो सुन जफत गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित आज सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार