कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १२:२८:१
११ मंसिर काठमाडौं । नेपाली कांग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहो¥याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो विषयमा कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई कांग्रेसको दृढ साथ रहने दोहो¥याइएको छ ।
सो विषयमा नेपाल सरकारले उच्च स्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको अवस्थामा सरकारले गम्भीर कूटनीतिक पहल गरेको नसुनिएको र उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको नदेखिएको कांग्रेसले आरोप लगाएको छ ।
“राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने कांग्रेसको प्रस्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न कांग्रेसको नेतृत्वमा देशले सफलता हासिल ग¥यो । कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ”, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले सरकारलाई देशको वास्तविक नक्सा सार्वजनिक गर्न र गम्भीर कूटनीतिक पहलकदमी गर्न अलमल किन भनी प्रश्न गर्दै उच्चस्तरीय राजनैतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार