ओली शैली अनुमोदन गर्ने कि तिरष्कार ?
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १९:५७:७
११ मंसिर काठमाडौं । नेपाली जनताले झण्डै दुईतिहाई समर्थनका साथ सत्तारुढ बनाएको नेपाल कम्युनिष्ट पार्टीको कार्यशैली र व्यवहार जनचाहना बमोजिम हुन नसकेको गुनासो नौलो हाइन । विपक्षी दलले मात्र हैन, स्वयं नेकपा समर्थकहरू नै यस्तो आरोप लगाउनेमा अग्रस्थानमा छन् ।
प्रधानमन्त्री केपी ओलीको काम गर्ने तौरतरिका एकलकाँटे भएको टिप्पणी त्यही दलका धेरै नेता कार्यकर्ताले गर्ने गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका माधव कुमार नेपाललगायत धेरै नेताले यस्तो टिप्पणी सार्वजनिक रुपमै गर्ने गरेका छन् ।
साथै, जनजीविकाका सवालमा सरकारी प्राथमिकता कमजोर बनेपछि यस्तो गुनासो र आक्रोश जनस्तरबाटै चुलिएको हो ।जनता जनार्दन हुन् , कसैप्रति मोह वा घृणा स्थायी ढंगले गर्दैन । त्यसको सही मूल्याङ्न गर्ने काम समय आएपछि त्यही जनताले गर्ने हो ।
यही घटनाले पनि उनको नक्कली राष्ट्रवादको मुखुण्डो च्यातिएको छ । त्यसैले आगामी उपनिर्वाचनमा जनताले त्यसको उत्तर अवश्य पनि दिने छ । यही मंसिर १४ मा हुन गैरहेको संसदीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनमा नेपाली जनताले त्यसको फैसला दिने नै छन् ।
विगतमा यस्ता धेरै उदाहरण प्रस्तुत गरिसकेका छन् नेपाली जनताले । एउटा निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिएको जनताले अर्काे चुनावमा त्यही कांग्रेसलाई माटोमा पु¥याएको धेरै घटना नेपाली जनताका अघिल्तिर ताजै छन् । गएको चुनावमा नेपालका कम्युनिष्ट पार्टीलाई प्रचण्डमत दिने नेपाली जनताले यस अवधिमा उनीहरुको कथनी र करनीलाई राम्रैसँग पर्गेल्ने मौका पाएका छन् ।
भारतलाई गाली गरेर विगतमा नेपाली जनतालाई भ्रमित पार्ने ओली अहिले कालापानी लैजाँदा पनि टुलुटुलु हेरेर बसेका छन् । यही घटनाले पनि उनको नक्कली राष्ट्रवादको मुखुण्डो च्यातिएको छ । त्यसैले आगामी उपनिर्वाचनमा जनताले त्यसको उत्तर अवश्य पनि दिने छ । यही मंसिर १४ मा हुन गैरहेको संसदीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनमा नेपाली जनताले त्यसको फैसला दिने नै छन् ।
आउने चुनावमा जनताले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाई नै विजय माला पहि¥याए भने ओली सरकारको कार्यशैली अनुमोदित भएको मान्नु पर्ने हुन्छ । यस्तै नेकपाका उम्मेदवारको हालत खराब भयो भने ओली सरकारप्रतिको तिखो प्रहारका रुपमा लिनुपर्ने हुन्छ । यसको छिनोफानो हुन अब धेरै दिन बाँकी छैन ।
खासगरी कास्की क्षेत्र नं २ मा हुन गइरहेको संंसदीय निर्वाचन अहिले सर्वाधिक चर्चाको केन्द्रमा छ । यस्तै भक्तपुर, दाङ र बाग्लुङमा हुने प्रदेशसभा निर्वाचन परिणाम पनि सरकारको लोकप्रियता मापनको बलियो आधार बन्न सक्छ ।
सरकारको निरंकुश शैली र एकलकाँटे व्यवहारबाट जनताले पाएको सास्तीको गतिलो जवाफ दिने बेला यही हो । ओली सरकार बनेदेखि नै विपक्षीको अस्तित्व स्वीकार गरेन । जनताले गरेको विश्वासलाई निरंकुशता लाद्ने लाइसेन्सका रुपमा दुरुपयोग गरेका हुन् ।
उता, धरान उपमहानगरपालिकाले दिने परिणामले पनि ओली सरकारको भविष्यको रुपरेखा पनि निर्धारण हुने अवस्था छ ।नेकपा र नेपाली कांग्रेसका उमेदवार मात्र हैन, शीर्ष नेता नै परिणाम आफ्नो पक्षमा पार्न साम, दाम र दण्डभेदको नीति अख्तियार गरिरहेका छन् ।
सत्तामा रहेको दलले त सरकारी संयन्त्रकै व्यापक दुरुपयोग गरिरहेको छ । यसरी नांगो रुपमा भइरहेको आचारसंहिता उल्लघंनलाई निर्वाचन आयोगले भने मूकदर्शक भएर रमिते बनेको छ । तर जे भएपनि नेपाली जनताले दूधको दूध र पानीको पानी गर्ने पुरानो इतिहास यसपाली पनि दोह¥याउने छन् ।
सरकारको निरंकुश शैली र एकलकाँटे व्यवहारबाट जनताले पाएको सास्तीको गतिलो जवाफ दिने बेला यही हो । ओली सरकार बनेदेखि नै विपक्षीको अस्तित्व स्वीकार गरेन । जनताले गरेको विश्वासलाई निरंकुशता लाद्ने लाइसेन्सका रुपमा दुरुपयोग गरेका हुन् । यो यथार्थ नेपाली जनमानसबाट लुकेको छिपेको छैन ।
झण्डै दुई वर्षको अवधिमा ओली सरकार केवल अहंकार र दम्भले ग्रस्त देखियो । पूर्व माओवादीसँगको एकता प्रक्रृया टुंगोमा पु¥याउन नै लामो समय व्यतित भयो । साथै पूर्व माओवादीसँग गरिएको आलोपालो प्रधानमन्त्रीको शर्त नै लामो समय विवादको केन्द्रमा रह्यो ।
आगामी उपनिर्वाचन केवल हारजितको लागि मात्रै हुने होइन । यो त मिनी जनमत संग्रह नै हो । ओली सरकारको फासिष्ट शैलीलाई अनुमोदन गर्ने की तिरष्कार गर्ने, फैसला नेपाली जनताकै हातमा छ ।
यो सवाल अहिलेलाई त केही मत्थर भएको छ , तर कुनै पनि बेला फेरि सतहमा आउने अवस्था भने कायमै छ । किनभने आलोपालो प्रधानमन्त्री चलाउने सहमतिलाई विस्थापित गरेको भनिएको प्रचण्डको कार्यकारी अध्यक्ष नै विवादित छ ।
ओलीको सहमतिमा मात्र निर्णय लिनसक्ने शर्तसहितको कार्यकारी अध्यक्षको हैसियतका सवालमा भोलि राम्रै व्याख्या अपव्याख्या हुने संभावना ज्यूँदै छ । त्यसैले अहिले नै नेकपा भित्रको विवाद सुल्झियो भनियो भने धेरै हतारको टिप्पणी हुन सक्छ ।
यी सबै कुराको सही मूल्याङ्कन गर्ने भनेको नेपाली जनताले नै हो । अहिले त्यो अवसर आएको छ । आगामी उपनिर्वाचन केवल हारजितको लागि मात्रै हुने होइन । यो त मिनी जनमत संग्रह नै हो । ओली सरकारको फासिष्ट शैलीलाई अनुमोदन गर्ने की तिरष्कार गर्ने, फैसला नेपाली जनताकै हातमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार