अफगानिस्तान–वेस्ट इन्डिज टेस्ट : तीन दिनमै अफगान टिम धराशायी
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १८:४३:५८
१३ मंसिर एजेन्सी । वेस्ट इन्डिज र अफगानिस्तानबीच लखनऊमा खेलिएको टेस्ट क्रिकेट तीन दिनभित्रै समाप्त भएको छ । वेस्ट इन्डिजका स्पिनर राखिम कोर्नवालको घातक बलिङका कारण अफगानिस्तानको टिम ९ विकेटले पराजित भएको हो ।
यी दुई टिमबीच तटस्थ खेल मैदानका रुपमा छानिएको भारतको लखनऊमा एक मात्र टेस्ट खेल हुँदैछ । वेस्ट इन्डिजका कोर्नवालले १० विकेट लिएपछि अफगानिस्तानको दोस्रो पालि १२० रनमै सीमित भएको थियो । जितका लागि केबल ३१ रनको चुनौती पाएको वेस्ट इन्डिजले तेस्रो दिन एक घण्टाभित्रै निर्धारित लक्ष ७।१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।
वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले तेस्रो दिनको पहिलो शत्रमा बाँकी तीन विकेट लिएका थिए । दोस्रो दिनको अन्त्यसम्ममा अफगानिस्तानले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाएको थियो ।
टस हारेर ब्याटिङको निम्ता पाएको अफगानिस्तानले पहिलो इनिङमा १८७ रन बनाएको थियो भने वेस्ट इन्डिजले २७७ रन बनाएको थियो । अफगानिस्तानले सन् २०१७ मा टेस्ट खेल्न मान्यता पाएको थियो, र यसै वर्षको शुरुमा दुई वटा टेस्ट खेल जितेको थियो ।
यसैवर्ष भारतविरुद्धको टेस्ट खेलमा अफगानिस्तान दुई दिनभित्रै पराजित भएको थियो, तर मार्च र सेप्टेम्बरमा क्रमशः आयरल्याण्ड र बंगलादेशलाई अफगानिस्तानले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार