अल्बानिया भूकम्प : झण्डै ५० को मृत्यु, पाँच हजार विस्थापित
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शनिबार ३:४३:३५
१३ मंसिर एजेन्सी । अल्बानियामा आएको भूकम्पका कारण झण्डै ५० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी विस्थापित भएका छन् । अल्बानियाका प्रधानमन्त्री इडी रामाले भूकम्पका कारण देश घाइते भएको टिप्पणी गरेका छन् ।
उनले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ४९ पुगेको जानकारी दिए। गत मङ्गलबार आएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ ।
शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्यूडका पराकम्पन आउँदा थप घरहरू भत्किने तथा चर्किने क्रम जारी रहेकाले उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।
क्षति भएका घर तथा भवनहरूमा प्राविधिक ‘इन्जिनियर’ले परीक्षण नगरेसम्म प्रवेश नगर्न प्राविधिकहरुले आग्रह गरेका छन् । डुरेस र थुमानमा दुई हजार मानिस आफ्नो घरबाट अन्यत्र सरेका छन् । उनीहरु अर्काको घरमा तथा होटलहरुमा बसेको बताइएको छ ।
त्यसैगरी राजधानी तिरानाका पनि ३४ सय ८० मानिस अन्यत्र आश्रयस्थलमा बस्दै आएका छन् । कतिपय भने आफन्तकोमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार