भक्तपुरमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १७:३५:७
१५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नं. १ ‘क’मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेको छ । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा ‘एमाले’ बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए, भने कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।
लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१।१७ प्रतिशत मत खसेको थियो ।
एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार