निर्वाचन परिणामले निराश नेकपा
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १९:१६:२४
१५ मंसिर काठमाडौं । मिनी जनमत संग्रहका रुपमा लिइएको उपनिर्वाचन परिणामले सरकार फेरबदल त गर्ने अवस्था थिएन नै, थियो त केवल जनभावनाको परीक्षण । हिजो मंसिर १४ गते विभिन्न ६३ स्थानमा भएका उपनिर्वाचन परिणाम लगभग सार्वजनिक भइसकेको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसले भक्तपुरमा रिक्त प्रदेशसभामा विजय प्राप्त गरेपनि त्यसले तात्विक रुपमा प्रभाव पार्ने अवस्था छैन । विभिन्न जिल्लामा रिक्त वडा अध्यक्ष लगायत गाउँपालिका अध्यक्ष उपाध्यक्षको निर्वाचन परिणाम पनि विगत भन्दै खासै फरक आएन ।
सर्वाधिक चर्चाको केन्द्रमा रहेको कास्की २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाको अग्रता कायमै छ । अहिलेसम्मको अवस्था हेर्दा नेकपाका उमेदवार विद्या भट्टराईको जीत लगभग सुनिश्चित देखिन्छ । विगतमा रवीन्द्र अधिकारीले प्राप्त गरेको मत र अहिले विद्याले पाउने मतान्तर मात्रै अबको चासो बाँकी रहेको छ ।
अहिले टक्करको अवस्थामा रहेको धरान उपमहानगरपालिकाको निर्वाचन परिणाम भने रोमाञ्चक बन्दै छ । नेपाली कांग्रेसका उमेदवार तिलक राई र नेकपाका उमेदवार प्रकाश राईबीचको टक्कर गज्जबको देखिएको छ । दुबै उमेदवार बीचको मतान्तर केवल सयको अन्तरमा रहेको छ । त्यसैले यहाँ कसले विजय माला पहिरिने हो त्यसै भन्न कठिन छ ।
नेपाली कांग्रेसका उमेदवार तिलक राई जनस्तरमै भिजेका नेता हुन् । नेकपाको मत काँग्रेस भन्दा झण्डै दोब्बर रहेको विगत अहिले गलत साबित भएको छ । परिणाम कस्को पक्षमा आउने हो भनेर अनुमान लगाउन मुश्किल छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले हार्नु परेपनि सम्मानजनक मत पाउने अवस्था नेकपाका लागि ठूलै पराजय हो ।
त्यस अर्थमा हेर्ने हो भने कांग्रेसले यसपालाको उपनिर्वाचनमा राम्रै सफलता पाएको मान्नुपर्ने हुन्छ । सत्तारुढ नेकपाले अहिले सम्पन्न उपनिर्वाचनमा प्राप्त गरेको सिट जनताको मत भन्दा अन्य प्रकरण र कारण मुख्य रहेको मान्न सकिन्छ । सत्ता संयन्त्रको यति धेरै दुरुपयोग गर्दा समेत विगत भन्दा कमजोर नतिजाले नेकपालाई ठूलै झड्का लागेको छ । खासगरी चितवनको नतिजाले नेकपा नेताको सातो गएको छ ।
भरतपुर नगरपालिका अन्तर्गत भएका तीन वटा वडा निर्वाचन परिणाम नेपाली कांग्रेसको पक्षमा आउँदा त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने पुष्पकमल दाहाल प्रचण्डको ओठमुख सुक्ने अवस्था निर्माण भएको छ । छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउँदा नेपाली कांग्रेसले गरेको सहयोगको एक झल्को यसपालीको वडा अध्यक्ष निर्वाचन परिणामले ताजा बनाइदिएको छ ।
साथै दाङमा पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाउँको मत परिणाम पनि सत्तारुढ नेकपाका लागि सुखद भएन । यस्तै अन्यत्रको मत परिणामले नेकपाको नाक जोगिएको देखिएपनि सत्ताको राप र तापले खासै सन्तोष भने दिएन । तर निर्वाचन परिणामले प्रमुख प्रतिपक्षी कांग्रेसले पनि राहतको अनुभूति भने पाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार