माईन जोखिमबारे सर्वसाधारणलाई सिकाउदै सेना
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १९:५९:२३
१५ मंसिर, स्याङ्जा । नेपाली सेनाले स्याङ्जाका ११ स्थानीयतहका नागरिकलाई माईन जोखिम शिक्षा शुरु गरेको छ । जिल्लाको वालिङ नगरपालिकाबाट शुरु गरिएको माईन जोखिम शिक्षा अब हरेक पालिकामा शुरु गर्न लागिएको हो । बिष्फोटक वस्तुबाट हुने जोखिमलाई कम गर्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको दुर्गा भन्जन गुल्मका गुल्मपति सेनानी हेमराज बिष्टले जानकारी दिए ।
बिष्फोटनको जोखिमलाई कम गर्ने जिम्मेवारी सर्वसाधरण जनताको पनि जिम्मेवारी भएकाले हरेक नागरिकले सुरक्षा सम्वन्धी ज्ञान प्राप्त गर्नुपर्छ भन्ने उदेश्यले नेपाली सेनाले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका अगुवालाई यो शिक्षा दिलाउछौ गुल्मपति बिष्टले भने,“जो शिक्षा समाजिक अगुवाहरुले छरछिमेक, आफ्नो परिवार, साथीभाई लगायत सबैमा पुगोस ।” बिष्फोटक पदार्थबाट नागरिक सचेत र ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता नेपाली सेनाको हो उनले भने ।
बाटोघाटो वा घर वरीपरि कुनै शंकास्पद बस्तु फेला परेमा छुन नहुने, सेना वा अन्य सुरक्षाकर्मीको व्यारेक वरिपरि लगाईएको तारलाई छुननहुने र विष्फोटन भएमा कसरी सुरक्षित रहने भन्ने विषयमा सेनाले सहभागीहरुलाई सहजीकरण गरेको थियो । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी लगायतको सहभागितामा भएको कार्यक्रममा नगरभित्रका शिक्षक, वडा अध्यक्ष, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
नागरिकलाई बिष्फोटक पदार्थको बारेमा जानकारी दिएर नेपाली सेनाले प्रसंशनीय काम गरेको सहभागीहरुले बताएका थिए । गुल्मका उपसेनानी बद्रि केसीले सहजिकरण गरेका थिए । गुल्मपति बिष्टका अनुसार महिनामा दुई पालिकामा शिक्षा दिने गरी कार्यक्रम तय गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सैनिक मञ्च टुंडिखेलमा सेनाले मनायो वार्षिकउत्सव
फागुन २५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार