भीरकोटमा साप्ताहिक हाटबजार शुरु
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार २१:९:१
१५ मंसिर, स्याङ्जा । भीरकोट नगरपालिकामा हरेक शनिवार संचालन हुने गरी हाटबजार शुरु गरिएको छ । भीरकोट नगरपालिकाको सहयोगमा भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा हरेक शनिवार साप्ताहिक रुपले हाट बजार शुरु गरिएको हो ।
हाटबजार शुरु भएपछि किसानहरु खशुी भएका छन् । विचौलीयाका कारण किसानहरु कृषि उपज उत्पादनमा मर्कामा पर्दै आएका थिए । हाटबजार संचालनमा आएपछि किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सोझै विक्रि गर्ने अवसर पाउने उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले बताए ।
किसानले उत्पादन गरेको तरकारीलाई विक्रि गर्न सहज होस भन्ने उदेश्यले हाटबजार संचालनमा ल्याएका हौं संघका अध्यक्ष केसीले भने,“ उपभोक्तालाई महङ्गो पनि नपर्ने, किसानले पनि उचित मुल्य पाउने अवस्था आउनेछ ।” यस हाटबजारले अब विचौलीयका दिन दिन गए उनले भने । कृषि उपज उत्पादनमा जिल्लाकै अग्रस्थानमा रहेको भीरकोटलाई हाटबजार संचालनले किसानलाई राहत मिल्ने बताइएको छ ।
हाटबजारको उद्घाटन नगर प्रमुख छायाराम खनालले गरेका थिए । यो हाटबजारले साना देखी ठुला कृषकलाई अर्गानीक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिल्ने छ नगर प्रमुख खनालले भने,“उत्पादनमा बृद्धि हुने र व्यवसायिक कृषक बन्नेमा आफू विश्वस्थ रहेको छु ।” भीरकोटलाई कृषिको पकेट क्षेत्र बनाउन यो हाटबजारले सहयोग मिल्ने छ, उनले भने ।
भीरकोट नगरपालिकाको बयरघारी, सुन्दर बजार, हेलु बजार लगायतका व्यापारीक केन्द्रहरुलाई हप्ताको १ दिन शनिवार पसल बन्द गरेर हाटबजारमा सहभागी भई आफ्नो आवश्यकतापुरा गर्न खनालले सबैलाई आग्रह गरे । यस नगर क्षेत्र भित्र उत्पादित अर्गानीक ताजा तरकारी,फलफुल अन्नवाली, पशुपंशी र घरेलु हस्तकला लगायतका विभिन्न सरसमानहरु सहज र सुपथ मूल्यमा विक्रि वितरण तथा किनमेल हाटबजारमा हुनेछ ।
हाटवजारको प्रचार प्रसार जरुरी रहेको छ स्थानीय समाजसेवी तोयनाथ अर्यालले भने,“ गाँउका कुना—कुनामा रहेका कृषकको आत्मवल वढाई उत्पादमा वृद्धी ल्याउन यो हाटबजारले सहयोग पु¥याउनुपर्छ ।” अब भीरकोवासीले सुफथ मुल्यमा ताजा तरकारी खान पाउने व्यवस्था यो हाटबजारले दिनेछ उनले भने ।
जिल्लाका ११ स्थानीयतह मध्ये भीरकोटले किसानहरुलाई सहज होस भन्ने उदेश्य राखेर हाटबजार शुभारम्भ गरेको छ । जसले जिल्लाका जुनसुकै ठाँउमा उत्पादन भएको उपजलाई बिक्रि गर्न किसानलाई सहज हुने संघका महासचिव नुवादत्त अर्यालले बताए । डोकामा बोकेर विक्रि गर्न बाध्यता र विचौलीयालाई तरकारी बिक्रि गर्न बाध्य भएका किसानहरुलाई हाटबजारले सहजता ल्याउनेमा किसानहरु विश्वस्थ रहेका छन् । हाटबजारको संचालनमा व्यवस्थित बनाउन सके भीरकोटको आर्थिक गतिविधि चलायमान हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार