विजोर प्रणालीले नागरिकलाई सास्ती
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ सोमबार ०:३:१४
कुसुम विश्वकर्मा
१५ मंसिर काठमाडौं । काठमाडों उपत्यकामा आजदेखि लागू गरिएको बिजोर सवारी प्रणालीका कारण आम नागरिकले सास्ती खेपेका छन्। काठमाडौंममा आइतबारदेखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई मध्य नजर गर्दै लागु गरिएको विजोर प्रणालीका कारण आम नागरिकलाई सास्ती भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन केही समय अघिदेखि सुरु भैइरहेको छ । विदेशी पाहुनालाई लक्षित गरेर सरकारले जोर–बिजोर सवारी प्रणाली लागू गरेको हो । जोर–बिजोर सवारी प्रणालीका कारण पर्याप्त गाडी नचलेपछि गन्तव्यका लागि हिँडेका यात्रु सडकमै अलपत्र देखिन्थे। यो समस्या बिहान र बेलुकी तथा कार्यालय समयमा बढी देखिएको हो ।
विजोर लागू गरिएको पहिलो दिन आइतबार विजोर नम्बर प्लेटका सवारीमात्रै सञ्चालन भएका थिए। पर्याप्त गाडी नचलेपछि गन्तव्यका लागि हिँडेका यात्रु सडकमै अलपत्र देखिन्थेललितपुरको जावलाखेल, पुल्चोक, कुपनडोल, थापाथली, माइतीघर, बबरबहल, बिजुलीबजार बानेश्वर लगायतका स्थानमा थोरै गाडी सञ्चालनमा आएपछि घर फर्कन बस कुर्ने यात्रुको भीड बाक्लो देखिन्थ्यो।
आइतबार ललितपुरको पुल्चोकमा बस कुरिरहेकी मेघा शर्माले बानेश्वर जानका लगि एक घण्टा सम्म कुर्दा पनि नेपाल यातायात नआएको नेपालबहस डटकमसंग कुराकानी गर्दै गुनासो गरिन् । “गाडी पाइन्छ कि भनेर पुल्चोकबाट हिड्दै साझा पेट्रोलपम्पसम्म आए पाइन अनि हिड्दै कुपनडोल आइपुगे।” उनले कुराकानीकै क्रममा भनिन, “गाडी आए टे«ेम्फो पनि खचाखच भरिए,नेपाल यातायात नि त्यस्तै कसरी जानु त्यस्तो गाडीमा चढेर ।”
यता बल्खुबाट नेपाल यातायात चढेर कुपनडोल आएर र्ओलेका हरिनारायण बुढाथोकीले विजोर प्रणालीले विजोग बनाएको बताए । उनी भन्छन्, “गाडीमा उभिने पनि ठाउँ छैन खलासी गाडी चढ्ने बित्तिकै पछाडि जानुस अगाडि आउनुस भन्छ , कम्ता विजोग छ यो विजोर प्रणालीले । बस आए पनि सबै भरिएर आउँछन, खुट्टा टेक्ने ठाउँ हुँदैन। यात्रुलाई सास्ती हुने गरी किन बिजोर प्रणाली लागू गरेको होला ?”
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएको हो ।
आइतबार बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने । समापनको दिन मंसिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार