उपनिर्वाचन : बाग्लुङमा बाम गठबन्धनका शाही विजयी
नेपालबहस संवाददाता
मंसिर १६, २०७६ सोमबार १४:२२:७
१६ मंसिर बलेवा । बागलुङ क्षेत्र नं २ ‘ख’ प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को समर्थनमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गगरेका हुन् ।
शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याए । बागलुङ क्षेत्र नं २ ‘ख’ बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गरे ।
त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा९संयुक्त०का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् । विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा ‘एमाले’ र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य भएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ ।
पैँतीस हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी भएका छन् ।
फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन् । गए राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन्।
त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘संयुक्त’का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन्। निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए । गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।
विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा पिता नरबहादुर र आमा दिलमाया कुरुम्बाको जेठो छोराका रुपमा वीरबहादुरको जन्म भएको थियो । कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गगरेका छन्। विसं २०५२ मा तत्कालीन नेकपा ‘एमाले’बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित भएका थिए ।
दाङ क्षेत्र नं ३ ‘ख’ मा नेकपाका ओली विजयी
दाङ क्षेत्र नं ३ ‘ख’ मा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का उम्मेदवार विमलाकुमारी ओली विजयी भएका छन्। उनी नेपाली कांंग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
नेकपाकी उम्मेदवार खत्री ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । ओली प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन्। उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । आइतबार राति १२ बजे मतगणना सकिएको थियो ।
राप्रपाका भूपाल रावतले २२५, राप्रपा ‘संयुक्त’का छोटीलाल थारुले १३८, नेकपा९माले०का हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा कांग्रेस ‘बिपी’ का दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार