कांग्रेसले डाक्यो बैठक
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार २१:१७:४४
१८ मंसिर, काठमाडौं । उपनिर्वाचन परिणाम सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समीक्षा गर्न केन्द्रीय कार्य समिति बैठक डाकेको छ ।
यही मंसिर २६ गते विहीबारका लागि बैठक बोलाइएको जानकारी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजाको समीक्षा गर्न बैठक बोलाइएको हो ।
गत शनिबार प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी कुल ५२ स्थानका लागि उप निर्वाचन भएको थियो । निर्वाचन परिणाम अनुसार, सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले ३० स्थानमा विजय प्राप्त गरेको थियो ।
यस्तै प्रतिपक्षी नेपाली कांग्रेसले १३ स्थानमा जित निकालेको छ । प्रदेश सभा अन्तर्गत भक्तपुर र धरान उपमहानगरपालिका मेयर पदमा कांग्रेसले विजय प्राप्त गर्नु आफैंमा ठूलो उपलव्धिका रुपमा हेरिएको छ ।
साथै यो जितबाट कांग्रेस भित्र एकताको पक्षमा समेत अभूतपूर्व जनमत तयार भएको कांग्रेसीजनहरुको मत रहेकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार