जोखिम रोक्न झोलुङ्गे पुलमा ताला
Advertisement

१९ मंसिर कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १२ भएर बग्ने वनहरा नदीमा रु एक करोड ८३ लाखमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आवागमन सहज बनेको छ । चारैतिरबाट नदी खोलाले घेरिएका चित्रपुर र तिलकी बस्तीका बासिन्दाको सुविधाका लागि पुल निर्माण गरिएपछि वर्षात्का बेला हुने अप्ठयारो हटेर गएको वडाध्यक्ष बाले रानाले बताए ।

वर्षात्मा दोदा, वनहरालगायतका नदीको बहाव बढ्दा यस क्षेत्रका बासिन्दाको आवतजावत नै बन्द हुन्थ्यो । उनले भने, “पुल बनेपछि त्यो समस्या हटेको छ ।” नदीमा पुल नहुँदा वर्षात् आउनअगावै यस क्षेत्रका बासिन्दाले आवश्यक सामग्रीको जोहो गर्नुपथ्र्यो ।

Advertisement

गाउँमा बिरामी परे जोखिम मोलेर बाढी आएको नदी तर्नुपर्ने बाध्यता थियो । स्थानीय मङ्गल चौधरीले भने, “पुल निर्माणले त्यो सबै समस्या हटेर गएको छ ।” ठेकेदार कम्पनी थानी निर्माण सेवाले एक वर्षमा पुल बनाएको हो । पुलको लम्बाई २८३ मिटर छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here