आज सागको छैटौं दिन : १९ खेल हुँदै, कुन खेल कहाँ ?
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १५:१४:४५
२० मंसिर काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको छैटौं दिनकाठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सागमा बिहिबार आर्चरी, ,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
कुन खेल कहाँ ?
क्रिकेट :
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू-२३ को सामना गर्ने छ । यस्तै दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ ।
पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंका माथि जित निकाल्नुको बिकल्प छैन । नेपाल पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । यस्तै टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटको हार ब्यहोरेको थियो । खेल बिहान ११ बजे हुनेछ ।
बक्सिङ :
साग अन्तर्गत शुक्रबारबाट बक्सिङ सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका तर्फबाट ४९ केजीमा सुशील थापा मगरले भुटानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, ६० केजीमा सनिल शाहि र ६४ केजीमा भुपेन्द्र थापा मगरले भुटानी खेलाडीसँग खेल्नेछन् । ७५ केजी तर्फ दिपक श्रेष्ठले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
एथ्लेटिक्स :
एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ९ खेलको फाइनल चरणको खेल हुनेछ ।
सुटिङ :
सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन् । बिहान पहिलो चरणमा र्यापिड फायर पेस्तोलका खेल हुनेछ । यस्तै एयर पेस्तोल महिलाको खेलपनि हुनेछ । महिला खेल शुक्रबार फाइनल हुनेछ ।
भारोत्तोलन :
भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ । पुरुषमा ६७ केजी, ७३ केजी र ८१ केजीको प्रतिस्पर्धा हुनेछ भने महिलामा ५९ र ६४ केजीको स्पर्धा हुनेछ ।
टेबल टेनिस :
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ । शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछ । सेमिफाइनलमा नेपालका पुरुषोत्तम बज्राचार्यले भारतका हर्मित देशाईसँग खेल्नेछन् । स्यान्टु श्रेष्ठले अमलराज एन्थोनिसँग प्रतिस्पर्धा गर्नेछन् ।
ह्याण्डबल :
ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ । यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ ।
पौडी :
पौडीको दोस्रो दिन नेपालले विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पहिलो दिन १ स्वर्ण, एक रजत र एक कास्य जितेको छ ।
बास्केटबल :
बास्केटबल शुक्रबार तीन खेल हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । पुरुषमा बंगलादेश र माल्दिभ्स तथा भारत र भुटानले खेल्नेछ । महिलामा भारत र माल्दिभ्स खेल्ने छन् ।
कब्बडी :
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्ति खेल हुनेछ । जसबाट समूह विजेता र उपविजेता तय हुनेछ ।
महिलातर्फ नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ ।कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् ।
ब्याडमिन्टन :
पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ शुक्रबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । शुक्रबार ब्याडमिन्टनको सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ । बिहिबार भएको सेमिफाइनलमा पराजित भएपछि नेपालको ब्याडमिन्टनमा स्वर्ण जित्ने सपना समाप्त भएको थियो ।
गल्फ :
गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको तेस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । दुवै खेलाडी स्वर्ण नजिक पुगेका छन् ।
आर्चरी :
आर्चरी खेल शुक्रबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ ।
अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।
आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।
स्क्वास :
शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन् । प्रतियोगिताको छैठौ दिनबाट स्क्वास हुन लागेको हो । सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ । पहिलो दिन राउण्ड र क्वाटरफाइनलका खेल हुनेछन् ।
बीच भलिबल :
बिच भलिबलतर्फ शुक्रबार पनि महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ । बिहिबार नेपालले महिला र पुरुषको चार खेलमा पराजय व्यहोरेको थियो ।
फेन्सिङ :
फेन्सिङको खेलहरु शुक्रबारबाट शरु हुनेछ । पहिलो दिन केहि विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
टेनिस :
टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शुक्रबार पुरुष तथा महिला एकलतर्फको खेलहरु हुनेछ । पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टरफाइनलमा पुगेका छन् ।
कुस्ती :
कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ ।
साइक्लिङ :
साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो - सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नु
बैशाख ७, २०८१ शुक्रबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार