घूस्याहा सिडियो कारबाहीमा
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १९:४२:३९
२० मंसिर, काठमाडौं । सार्वजनिक मुद्धा लागेका दुई जनासँग घूस लिएको प्रकरण सार्वजनिक भएपछि गृह मन्त्रालयले दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई मन्त्रालय तानेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले मेलुङ गाउँपालिका भेड्पुका कुमार तामाङ र कालिञ्चोक गाउँ पालिकाका उदिम र इन्द्रबहादुर तामाङसँग एक लाख ११ हजार रुपियाँ घूस लिएका थिए ।
सार्वजनिक अपराध मुद्धा परेका उनीहरुसँग प्रजिअ रिजालले घूस लिएको प्रकरण सार्वजनि भएपछि स्थानीयले चर्काे नाराबाजी गर्दै कारबाहीको माग गरेका थिए ।
एक लाख ११ हजार रुपियाँ लिएर कार्यालयले केवल १० हजार रुपियाँको मात्र बिल दिएपछि विरोध भएको थियो । घटना सार्वजनिक भए लगत्तै प्रजिअ रिजालले बाँकी रकम फिर्ता गरेका छन् । जनप्रतिनिधिलाई हातपात गरेको आरोपमा तीनै जना तामाङहरुमाथि मुद्धा लागेको थियो ।
सबैको मुद्धा मिलाई दिन्छु भनेर घूस लिएको आरोप पीडितले लगाएका थिए । पदीय आचरण विपरित काम गरेका प्रजिअ रिजालमाथि विभागीय कारबाहीको तयारी गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार