बीमाको प्रिमियम तिर्न पैसा पुग्दैन भने सरकारले सहयोग गर्छ : अर्थमन्त्री डा खतिवडा
Advertisement

२० मंसिर काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताए का छन् ।

शुक्रबार काठमाडौंमा ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताए ।

यस मर्जरले अन्य बैंकहरु पनि मर्जरमा जानको लागी अझै उत्साह थपिएको भन्दै मन्त्री खतिवडाले पुँजी वृद्धि गरि लगानीको लागी समेत आग्रह गरे । बैंक मर्ज भएपछि स्मार्ट बैंकिङको अभ्यास गर्न समेत मन्त्री खतिवडाले आग्रह गरे ।

Advertisement

अर्थमन्त्री खतिवडाले ठूलो बैंक बन्दा सेवाग्राहीहरुको विश्वास अझै बढ्ने बताए । तर, कुनै संस्था ठूलो बन्दा त्यसको व्यवस्थापन त्यत्तिकै चुनौतिपूर्ण हुने तर्फ सचेत रहन बैंक सञ्चालक समिति र व्यवस्थापकीय टीम चनाखो हुनु पर्ने उहाले बताए ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले लिएको बैंक तथा मर्जरको नीतिलाई अवलम्बन गर्दै विगतमा रहर र लहडमा बैंक तथा वित्तीय संस्था चलाएकाहरुलाई त्यो तनाबबाट उन्मुक्ति लिए उपयुक्त अवसर भएको धारणा पनि राखे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकमा प्रविधि भित्राउनुपर्नेमा जोड दिए । नेपाली बैंकहरु अझै पनि प्रविधिमा पछि नै भएकोले सबैं बैंकले प्रविधिगत क्षमतलाई विकास गर्नुपर्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको नीति लिएको अवस्थामा बिग मर्जर गरेका ग्लोलब र जनताको एकीकृत कारोबार शुक्रबारबाट शुरु भएको हो । मर्जसँगै ग्लोबल बैंकको चुक्ता पुँजी १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको ग्लोबल आइएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

७७ वटै जिल्लामा ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल ८ सय ३८ स्थानबाट सेवा प्रवाह गर्ने बैंक भएको छ । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक रहेको ढकालले जानकारी दिए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here